१० मंसिर २०८१ सोमबार
image/svg+xml

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

कर्णालीमा ४२ पदमार्ग बन्दै

पर्यटनमैत्री सुविधा विस्तार गर्न कर्णालीमा ४२ वटा पर्यटन पदमार्ग निर्माण गरिने भएको छ। पर्यटन क्षेत्रको संरक्षण, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कर्णालीमा पदमार्ग निर्माण गर्न लागिएको हो।

सडक ट्रर्‍याकले मनास्लु पदमार्ग जोखिमपूर्ण

बर्सेनि पाँच हजारभन्दा बढी विदेशी पर्यटक पुग्ने उत्तरी गोरखाको मनास्लु पदमार्गमा सडक ट्र्याकका कारण जोखिम बढेको छ।

कंचनजंगा पदमार्गमा ‘स्नो पोल’

वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडको प्राविधिक सहयोगमा २ सय थान स्नो पोल र सय थान साइन बोर्ड राखिएको छ ।

हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा एकको मृत्यु, दुई घाइते

चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका एक युवाको हिउँको ढिस्को खसेर पुरिएर ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–५ पर्स्याङका सञ्जय खनाल (१८) को हिउँको ढिस्कोले पुरिएर ज्यान गएको हो। उनीसँगै पदयात्रामा गएका अरु दुईजना युवा घाइते छन्।

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ ।

पर्यटक आगमन बढ्यो

रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रने क्रम बढेको हो। पर्यटक आउने क्रम सुरु भएसँगै जिल्लामा सञ्चालित तीनवटै पदमार्गका होटल भरिन थालेका छन्। सदरमुकाम धुन्चेसहित लाङटाङ पदमार्ग, गोसाइँकुण्ड पदमार्ग र तामाङ सम्पदा मार्गमा पर्यटक पुग्ने क्रम बढेको छ।

‘सडक बनाऊ तर पदमार्ग नमास’

नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ।

बेनी–लभ्लीहिल पदमार्गको निर्माण सम्पन्न

बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा रु ७४ लाख ७३ हजार ६०९ खर्च भएको छ।

‘अहिंसा क्षेत्रमा आउनुस् है !’

भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि। ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी पर्यटक बढिरहेका छन्। विसं ०७५ मा ७ हजार तीन सय १३ जना पर्यटक मनास्लु घुमेका थिए।

तनहुँमा पर्यटकीय पदमार्ग निर्माण

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो।

नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण गरिने

ककनी–सुइरेचौर–चिसापानी–कुटुमसाङलाई अर्गानिक पदमार्ग निर्माण गरिने भएको छ। प्रदेश ३ सरकारले कृषि ज्ञान केन्द्र नुवाकोटमार्फत कार्यान्वयन गर्ने गरी सो क्षेत्रमा अर्गानिक पदमार्ग निर्माण गर्न लागेको हो। दुप्चेश्वर गाउँपालिका–२ र ४, शिवपुरी गाउँपालिका–७ र ककनी गाउँपालिका–२ र ५ वडा समावेश गरी सो पदमार्ग निर्माण गर्न लागिएको हो। यी क्षेत्रको बस्तुस्थितिको अवलोकन गर्न प्राविधिक अध्ययन समिति बनाएर प्रतिवेदन तयार गरिने बताइएको छ।

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत

गोसाइँकुण्ड जाने पदमार्ग मर्मत गरिएको छ। सोमबारदेखि लाग्ने गोसाइँकुण्ड मेलालाई ध्यानमा राखेर धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्