१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री

झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासँगको सम्बन्धमा तनाव आए पनि यो महिनाको अन्त्यमा अमेरिकी अन्तरिक्षयात्री हेई रुसी यानबाट फर्कने योजनामा कुनै परिवर्तन नभएको नासाले जनाएको छ।

नासाले सार्वजनिक गर्‍यो मंगल ग्रहबाट ल्याइएका रगिंन तस्बिरहरू

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहबाट खिचेर ल्याइएको संसारमा पहिलो रगिंन तस्बिरहरु सार्वजनिक गरेको छ। उक्त तस्बिर नासा पर्सिभिअरन्स मार्स रोभरले जजीरो नामक ८२० फिट गहिरो क्रेटरमा अवतरण गर्दै मंगल ग्रहको तस्बिरहरु लिएका हुन्।

अमेरिकी अन्तरिक्ष पर्सिभिअरन्स यान मङ्गल ग्रहमा सफल अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ। मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ।

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच पृथ्वीमा अवतरण गरेकीछिन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन्।

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

कजाकस्तान– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन्।

अन्तरिक्षमा केटी चाहियो !

यी हुन् जापानका फेसन डिजाइनर युसाकु मियाजावा। उनी फेसनबाटै अर्बपति भएका हुन्। उनको सपना छ, ‘कुनै दिन अन्तरिक्षमा डुल्ने !’ तर उनलाई के थाहा, उनको सपना यति चाँडै पूरा हुँदैछ। चर्चित व्यवसायी एलेन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटन शुरु गर्ने दिन नजिकिदै जाँदा उनको मन अत्तालिन थालेको छ। यत्रो टाढाको यात्रा, त्यो पनि एक्लै ! त्यसैले आफूसँगै कोही सुन्दरी हिँडिदिए जाती हुन्थ्यो भन्ने उनले यतिबेला कामना गरिरहेका छन्।

भारतीय चन्द्रयान–२ सम्पर्कविहीन, निरास नहुन मोदीकाे आग्रह

विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो।

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गर्न ‘राष्ट्रिय अन्तरिक्ष नीति’ बन्दै

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गरी सन् २०२२ सम्ममा आफ्नै भू–उग्रह मार्फत सेवा उपलब्ध गराउने कार्यनीति अनुरुप सरकारले ‘राष्ट्रिय अन्तरिक्ष नीति २०७६’ तयार गर्दैछ।

मानवाकृत रोबोट अन्तरिक्ष केन्द्रमा

अन्तरिक्षमा पठाइएको ‘फेदोर’ पहिलो रोबोट भने होइन। सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको ‘रोबोनट–२’ नामको रोबोट पठाएको थियो।

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ। गत साता रुसको यो अभियान असफल भएको थियो।

ओलीसरकारले गर्नुपर्ने काम

नेपालमा पानीजहाजको चर्चा धेरै नै छ। खासगरी ओली सरकारको नेतृत्वमा आएपछि। विभिन्न नदीमा सानै किन नहोस्, पानीजहाज चल्नसमेत थालेका समाचार आइरहेका छन्। त्यसैगरी यो सरकारले अन्तरिक्षमा आफ्नै फुच्चे यान पनि पठायो। यो विश्व रंगमंचमा नेपालीका लागि खुसीको खबर हो।

पर्यटकका लागि अन्तरिक्ष स्टेशन खोल्दै नासा, कहिलेदेखि जान पाइन्छ?

अन्तरिक्षमा घुम्न चाहनेहरुको लागि नासाले एउटा विशेष सुविधाको व्यवस्था गर्दैछ। योसँगै पर्यटकलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जाने अनुमति समेत दिइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्