११ मंसिर २०८१ मंगलबार
image/svg+xml

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

विकासका काम भएका छन्ः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्‍याएर सेवा गर्दै आएको बताएकी छिन्।

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ।

विभाजनसँगै एनआरएनए सम्मेलन

दुई खेमामा देखिएका कुमार पन्त र कुल आचायले आलोपालो अध्यक्ष रहनेगरी नेतृत्व चयन गर्ने सहमति बनेपछि शनिवार विश्व सम्मेलनको उद्घाटन गरिएको हो।

'माथिल्लो अरुण जलविद्युत सरकारको परियोजना हो ढुक्क भएर लगानी गर्नुस्'

अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताएका छन्।

मुलुक विद्युतमा आत्मनिर्भर बन्दै

अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुमपश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ।

पाको उमेरमा जवान ऊर्जा

वृद्धावस्थामा समेत मानसिक तथा शारीरिकरूपले सबल बन्ने इच्छा सबैको हुन्छ, सत्यमोहन जोशी जस्तै शताब्दी पुरुष बन्ने चाहना धेरैको हुन्छ। तर लक्ष्य भेदनकालागि योगदान र समर्पणको जरुरी पर्छ।

ऊर्जामन्त्री भुसालद्वारा सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छिन्।

दुई वर्षभित्र सबै ठाउँमा विद्युतको पहुँच पुर्‍याउने सरकारको योजना छ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छिन्।

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन्।

जाजरकोटमा सोलार मिनिग्रेट स्थापना

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ।

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र

जिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ।

ऊर्जामन्त्री भुसालसमक्ष हाइड्रोजन ऊर्जासम्बन्धी प्रतिवेदन पेस

जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले शुक्रबार मन्त्री भुसाललाई सो प्रतिवेदन पेश गरेका हुन। नवीकरणीय ऊर्जाको स्रोतका रूपमा जलविद्युतबाट हरित हाइड्रोजन उत्पादन गरी प्रयोगमा ल्याउने विषयमा मन्त्रालयले गत मंसिर १ गते जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवको नेतृत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको भेट

मन्त्रालयमा बिहीबार भएको भेटमा उनहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता रहेको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्