१४ आश्विन २०८१ सोमबार
image/svg+xml

रियाल मड्रिड, युभेन्टस र लेस्टर सिटी विजयी

च्याम्पियन्स लिग फुटबल अन्र्तगत मंगलबार राती सम्पन्न खेलमा रियाल मड्रिड , युभेन्टस र लेस्टर सिटी विजयी भएका छन्।

डाक्टरले फुटसल खेले, डा. केसीले पुरस्कार दिए

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरुले फुटसल खेलेका छन्। आइओएमका नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)ले गतवर्ष सडक दुर्घटनामा ज्यान गुमाएका डा. सञ्जिव सुवेदी र डा. सन्नी आनन्दको संझनामा खेलकुद प्रतियोगिता आयोजना गरेको हो।

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो।

घटस्थापनासँगै भक्तपुरमा नौराते मेला सुरु

शनिबार दसैं सुरु भएसँगै भक्तपुरमा नौराते मेला पनि सुरु भएको छ। पहिलो दिन भक्तपुरको ब्रह्मायणीको मेला लागेको छ। भक्तपुरको पूर्वमा अवस्थित ब्रम्हायणीमा मेला भर्न आउने श्रद्धालु भक्तजनको शनिबार दिनभर भीड लाग्यो।

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा जमरा (फोटो फिचर)

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । शनिबारदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

चौर फुटसल विजयी

चौर फुटसल बाँसबारीले सर्वाधिक राशिको रेडबुल फुटसल लिगमा विजयी सुरुआत गरेको छ । सोमबार पहिलो खेलमा चौर फुटसलले ढुकु फुटसल हबलाई ३–२ ले हरायो । चौरको जितमा रञ्जित श्रेष्ठले २ र रमेश गुरुङ १ गोल गरे ।ढुकुका सबिन केसी र सुरज राउतले गोल गरेका थिए । २–२ ले खेल बराबरी हुँदा अन्त्यतिर चौरका रन्जितले गोल गर्दै टोलीलाई जित दिलाए।

एन्जेलीना जोलीले किन पिटसँग सम्वन्ध विच्छेदको निर्णय लिइन्?

हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलीना जोलीको जोडीलाई हलिउडमा आदर्श जोडीको रुपमा पनि हेर्ने गरिन्थ्यो। तर सोमबार आएका खबरहरुले सबैलाई अचम्मित तुल्यायो। त्यो खवर थियो जोलीले पिटसँग सम्वन्ध विच्छेदको लागि दर्ता गराएको डिभोर्स पत्र।

म्यानचेस्टर युनाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध

इङलिस प्रिमियर लिग अन्तर्गत अइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर य¬नाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध बन्न पुगेको छ । वाटफोर्डको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ३–१ गोल अन्तरले पराजित भएको हो ।

कांग्रेसमा गुटसँगै देउवाको भविष्य

कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

सय मेगावाटसम्म अब सजिलो

काठमाडौं-सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ।

साइकलधरि छैन नेपाल प्रहरीकाे १३ सय युनिटसँग

अपराध नियन्त्रणसँगै शान्तिसुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको प्रहरीले आफ्नो सेवा उत्तिकै चुस्तदुरुस्त पार्नुपर्छ । कहीँकतै अपराध भइहाले तत्काल पहुँच पु¥याउन विभिन्न स्थानमा छुट्टाछुट्टै प्रहरी एकाइ खडा गरिएका छन्।

तटस्थ झन्डा बोक्दिनँ : कुवेती सुटर

कुवेतका स्टार सुटिङ खेलाडी फेहाइद अल दिहानीले आफ्नो देशको झन्डा प्रतिबन्धित भएपछि रियोमा ओलम्पिकको तटस्थ झन्डा बोक्न अस्वीकार गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निलम्बनमा रहेको कारण कुवेतको राष्ट्रिय झन्डामुनि कुवेतीहरूले ओलम्पिकमा सहभागिता जनाउन पाउने छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्