आइसिपीको काम ९५ प्रतिशत
विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ‘आइसिपी’ निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आइसिपी निर्माण कम्पनीले जनाएको छ।
विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ‘आइसिपी’ निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आइसिपी निर्माण कम्पनीले जनाएको छ।
जनशक्ति र उपकरणको व्यवस्था गरी विषादी जाँच अनिवार्य गर्नुपर्ने उपभोक्तको माग
भन्सार बिन्दुमा पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरे पनि भैरहवा भन्सार कार्यालयमा विषादी अवशेष चेकजाँच गरेरमात्र तरकारी र फलफूल आयात भइरहेको छ।
भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको छ।
ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।
भूकम्प पीडितलाई पुन:र्निर्माणका लागि छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने भएको छ।
विधेयकमा यसले ऐनको रुप लिएपछि गुठी जग्गामा गुठियारको अधिकार समाप्त हुने उल्लेख छ। पूर्वन्यायाधीश कार्की जाँचबुझ आयोगले प्रतिवेदन नबुझाएको अवस्थामा गुठी विधेयक संसद्मा पेस गर्नुले सरकारको नियत नै गलत रहेको बताउँछन्।
मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगञ्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन बस्ती र अन्य संरचनाले बाधा पारेका बेला योजना कार्यालयले राजनीतिक संयन्त्रको मद्दत लिन सुरु गरेको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) नाकासँग जोड्न ६ लेनको बाटो र वीरगञ्ज सहरसँग अर्को चार लेनको बाटो यसअन्तर्गत बनाउन लागिएको हो ।
ट्राफिक महाशाखाको तथ्यांकअनुसार गत साउनदेखि फाुगन मसान्तसम्म १ हजार ४० वटा सवारीसाधन प्रदूषण जाँचमा फेल भएका थिए। प्रदूषण जाँचमा फेल भए पनि ती सवारीसाधन निर्बाध रुपमा राजधानीमा गुडिरहेका छन्। तर महाशाखाले भने सवारी जाँचमा फेल भएका त्यस्ता सवारीसाधानमाथि निगरानीका साथै कारबाही गरेको दाबी गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नियमित गर्भ जाँच गराएका गर्मवती महिलासँग ‘कोसेली भेट’ कार्यक्रम गरेको छ। स्वास्थ्यकर्र्मीको सल्लाह अनुशार नियमित चार पटक गर्भ जाँच गराएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६० जना गर्भवती महिलासँग नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम गरेको हो।
ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो।
खोटाङमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलको आयोजनामा मंगलबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो।
गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुटेका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरूको हकमा पुनःसर्वेक्षण गर्न लागेको हो।
गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।
हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न गठित जाँचबुझ टोली ताप्लेजुङको पाथीभरा मन्दिर पुगेको छ। यही फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना भएपछि सरकारले जाँचबुझ समिति गठन गरेको थियो।