४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बागमतीमा राजस्व असुलीमा कमी

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीमा कमी आएको छ। गत आवमा प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन भएको छ।

कोशी ,बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

बागमतीका किसानलाई पौने दुई करोड राहत वितरण

विभिन्न प्राकृतिक विपद्बाट पशु, मत्स्यको क्षति भएका किसानलाई बागमती प्रदेश सरकारले करिब पौने दुई करोड रूपैयाँ राहत प्रदान गरेको छ।

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ।

सरकारी वेवसाइट सुरक्षित छैनन्ः सभामुख पाठक

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नसकेको बताएका छन्।

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ।

बागमतीको बजेट संशोधन गर्न एमालेको ११ बुँदे माग

बजेट संशोधन गर्नुपर्ने मागसहित बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ११ बुँदे सर्त अघि सारेको छ।

बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै

बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।

२० वर्ष पुराना सवारी गुडाउन पाउनुपर्ने माग गर्दै आन्दोलन

२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने माग राख्दै यातायात सम्वद्ध मजदुरहरूले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका छन्।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा आज राती भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्