९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

फाइल तस्वीर

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ। प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो।

मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोड रुपैयाँ मात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो। प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो। कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था छ।

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले बताए।

भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए। उनले भने, ‘चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन।’

कार्य विधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ।

भरतपुर महानगरपालिकाले प्रतिलिटर तीन रुपैयाँ, माडी नगरपालिकाले चार रुपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिंदै आएका छन्। अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन्।

अनुदानका लागि किसानलाई बैंक खाता समेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ। उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन्।

प्रकाशित: २४ असार २०८० ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App