२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारी चिया बगान फिर्ता गर्न माग

निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् बिजोक बनाउन थालेपछि इलामका सरकारी चिया बगान र उद्योग सरकारलाई नै फिर्ता गर्न स्थानीयको माग जोडदार रूपमा उठ्दैछ।

श्रमिकद्वारा चिया दिवस बहिष्कार

सरकारले तामझामसहित राष्ट्रिय चिया दिवस मनाइरहँदा आन्दोलनरत पूर्वका चिया श्रमिकले भने यो दिवस बहिष्कार गरेका छन्।

वार्षिक सवा तीन अर्बको चिया निर्यात

मुलुकमा झण्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्‍याएको छ।

सरकार गम्भीर भएन

महिना दिनयता काम छाडेर आन्दोलनमा उत्रिएका चिया श्रमिकले सरकारले आफ्ना मागप्रति चरम बेवास्ता गरेको गुनासो गरेका छन्। सरकारकै निर्णय कार्यान्वयनका लागि रोजीरोटी त्यागेर आन्दोलन गरे पनि सरकार गम्भीर नभएको श्रमिकको भनाइ छ।

सवा तीन अर्बको चिया निर्यात

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो।

उद्योगीको प्रतिबद्धतामा चिया श्रमिक असन्तुष्ट

निजी क्षेत्रका उद्योगले न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि असन्तुष्ट चिया श्रमिकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्। सरकारी उद्योगले ज्याला कार्यान्वयनमा चासो नदेखाएको र निजी उद्योगले पनि ‘देखाउनलाई’ मात्रै न्यूनतम् ज्याला दिने प्रतिबद्धता जनाएको श्रमिकको गुनासो छ।

चिया श्रमिकको ज्याला दिने प्रतिबद्धता

सूर्याेदय नगरपालिकाका चिया उद्योगले सरकारले तोकेको श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। आफूहरूले राखेका माग सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनीसहित तत्काललाई श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्न उद्योगी राजी भएका हुन्।

श्रमिक आन्दोलनले हरियो पत्ती नष्ट

दुई सातादेखि चिया श्रमिकले आन्दोलन जारी राखेपछि पूर्वका सरकारी र निजी चिया बगानमा करोडौं रुपैयाँको हरियो पत्ती नष्ट भएको छ। बरर्र पलाएको हरियो मुना बेलैमा टिप्न नपाउँदा वर्षभरकै गुणस्तरीय ‘फस्ट फ्लस’ खेर गइरहेको छ। उद्योगीका अनुसार सबैभन्दा महँगो मूल्यमा बिक्री हुने पत्ती खेर जाँदा वर्षैभर चियाको गुणस्तर र परिमाण दुवैलाई असर पुग्छ। तर, आन्दोलनको लामो समय भइसक्दा पनि निकास ननिस्किएपछि हरियो चिया टिपाइ अनिश्चित भएको छ।

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्।

आन्दोलन ‘कडा’ बनाउँदै चिया श्रमिक

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्।

‘कार्टेलिङ’को मारमा चिया श्रमिक

उद्योगीको ‘कार्टेलिङ’मा परेर चिया श्रमिक सरकारले तोकेको न्यूनतम ज्यालाबाट वञ्चित भएका छन्।

चिया उद्योगमा श्रमिकको नाराबाजी

आन्दोलनरत पूर्वका चिया श्रमिकले सोमबार पनि आन्दोलन जारी राखेका छन्। उनीहरूले आफू कार्यरत चिया प्रतिष्ठानहरू बन्द गराएर -याली र कोणसभा गरेका हुन्।

आन्दोलनमा उत्रिए चिया श्रमिक

न्यूनतम् ज्याला माग गर्दै इलामसहित पूर्वका चिया श्रमिक आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको न्यूनतम् ज्याला सरकारीसहितका उद्योगहरूले कार्यान्वयन नगरेको भन्दै इलाम, झापालगायत जिल्लाका चिया श्रमिकले आइतबार आन्दोलन थालेका हुन्।

चिया श्रमिकद्वारा आन्दोलन घोषणा

चियाको फस्ट फ्लस (पहिलो टिपाइ) सुरु हुने बेला पूर्वका चिया श्रमिकले न्यूनतम् ज्याला कार्यान्वयन माग गर्दै आन्दोलन घोषणा गरेका छन्। चिया श्रमिकआबद्ध विभिन्न चार संघ–संगठनले आउँदो १७ गतेदेखि चिया प्रतिष्ठानहरू अनिश्चितकालीन बन्द गर्नेलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

सहकारीका ३१ चिया प्रशोधन उद्योग

व्यक्तिगत लगानीमा सञ्चालित चिया उद्योगबाट हरियो चियापत्तीको उचित मूल्य नपाएपछि चिया सहकारीको पहलमा ३१ उद्योग खुलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्