२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चिया परीक्षण केन्द्र निर्माण हुने

चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ। मुलुकमै पहिलोपटक चियाको गुणस्तर सुधार गर्न सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो।

बन्द चिया उद्योग खुलाउने सहमति

हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ।

सूर्याेदयका ५२ चिया उद्योग बन्द

हरियो पत्तीको खरिद मूल्य र लागत बढी भए पनि बिक्री मूल्य नपाएको भन्दै उद्योगीले सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग बन्द गरेका छन्।

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन्। न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन्।

चिया उद्योग बन्द गर्ने घोषणा, के हो विवाद ?

किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै सूर्योदय नगरपालिकाका उद्योगीले चिया प्रशोधन उद्योग बन्द गर्ने घोषणा गरेका छन्। स्थानीय सरकारले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएको भन्दै उनीहरूले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णयसमेत गरेका हुन्।

रोनाल्डो र सौम्य सरकार दाजुभाइ !

क्रिश्चियानाे रोनाल्डो फुटबलमा विश्वभर जति चर्चित छन त्यति नै चर्चित उनको गोल गरेपछि सेलिब्रेसन गर्ने तरिका छ।

अस्थायी श्रमिक हटाउन चलखेल

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्। चैत १७ यता बन्द रहेको बगान र उद्योग श्रमिकका माग पूरा गर्ने व्यवस्थापन पक्षको प्रतिबद्धतापछि आइतबारबाट खुल्ने भएका थिए। तर, आइतबार काम गर्न आएका श्रमिकलाई व्यवस्थापन पक्षले ‘अब स्थायीले मात्रै काम गर्नू, अस्थायीले नगर्नू’ भनेपछि कसैले काम गरेनन्। ‘अस्थायी श्रमिकको रोजीरोटी खोस्ने अर्काे प्रपञ्च व्यवस्थापनले सुरु गरेको छ,’ इलाम बगानकी श्रमिक नेता सरस्वती चौंलागाईंले भनिन्, ‘अस्थायी र स्थायीको बहानामा कसैको रोजगारी खोस्न पाइँदैन भनेर स्थायी श्रमिकले पनि काम गर्नुभएन।’

अस्थायी श्रमिक हटाउन ‘तिकडम’

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्।

श्रममन्त्रीसामु चिया उद्योगीको बाचा– ‘श्रमिकको न्यूनतम् ज्याला दिन्छु’

श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द इलाम र कन्याम चिया बगान २ दिनभित्र खुलाउने व्यवस्थापन पक्षले प्रतिबद्धता गरेको छ।

इलाम र कन्याम बगान खुलाउन ‘आनाकानी’

श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द पूर्वका चिया उद्योग श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने प्रतिबद्धतापछि धमाधम चालू हुँदैछन्। तर, इलामका सरकारी २ बगानको विषयमा भने अझैसम्म व्यवस्थापन पक्ष श्रमिकको माग पूरा गर्न ‘आनकानी’ गरिरहेको छ।

निजी खुले, सरकारी बन्दको बन्दै

सहमतिपछि मंगलबारदेखि उद्योग–बगान खुलेका छन्। श्रमिक काममा फर्केका छन्। तर, जिल्लाकै ठूलो कन्याम बगान र नेपालमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चिया बगान चाहिँ मंगलबार पनि खुल्न सकेनन्।

चिया श्रमिक काममा फर्किंदै

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ।

हामीलाई सरकारले सहयोग गर्दैन ?

जस्बिरेका चिया किसान तथा उद्योगी सरद सुब्बा सबेरदेखि अबेरसम्म उद्योगमा चिया प्रशोधका लागि खटिन्छन्। आफ्नै लगानीमा खुलेको उद्योगको मुख्य प्राविधिक आफैं रहेका सरदको मुख्य ध्यान नै तयारी चिया कसरी उच्च गुणस्तरको बनाउने भन्नेमा हुन्छ।

सडकमा चिया मजदुर

श्रम ऐन कार्यान्वयनको मागसहित आन्दोलनमा उत्रिएका चिया मजदुरले बिर्तामोडस्थित सडकमा एक घण्टा सुतेर यातायात अवरुद्ध पारेका छन्। उनीहरुले बिर्तामोडको मुक्तिचोकमा मंगलबार एकदेखि २ बजेसम्म सडकमा सुतेर चक्काजाम गरेका हुन्।

सडकमै सुतेका चिया श्रमिक भन्छन्, 'माग पूरा नगरे पछि हट्नेवाला छैनाैं'

बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको -याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनसमेत ठप्प भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्