२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

देउवाकाे दुखेसाे : केन्द्रीय सदस्य मान्दैनन्, मैले मात्र के गर्ने ?

यसलाई नयाँ व्यवस्था गरेजस्तै गरी प्रचार गरेको भन्दै देउवाले आपत्ति जनाए। ‘यो व्यवस्था गिरिजाबाबु सभापति हुँदै आएको हो, यो व्यवस्था ल्याउँदा विधान मस्यौदा समिति संयोजक सिटौलाजी(कृष्णप्रसाद सिटौला)नै हुनुहुन्थ्यो। तर अहिले मैले के के न गरेँ भने जस्तो बनाइएको छ’, उनले भने।

पार्टी भित्रका जो पनि सभापतिमा लड्न सक्छन्ः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोसुकैलाई पनि पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन्।  प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए।

रेडक्रसमा पहिलो महिला सभापति

नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) शाखाको सभापतिमा अधिवक्ता रमा गौतम निर्वाचित भएकी छिन्। शनिबार उद्धघाटन भएको शाखाको १५ औं अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ। नयाँ नेतृत्वका लागि अन्य धेरै जनाको आकांक्षा भए पनि अन्तिम समयमा सहमतिमा नेतृत्व छनौट गरिएको थियो। रेडक्रस शाखाको महिला सभापति भएको यो पहिलो पटक हो।

देउवाले सच्याउलान् त निर्णय?

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले बुधबार र बिहीबार दुई दिन काठमाडौंमा बैठक गरे। भेलाको पहिलो निर्णय नै सभापति देउवाले केन्द्रीय समितिबाट बहुमतले पारित गरेको निर्णय सच्याउनुपर्ने थियो।

देउवाको प्रश्नः पार्टीका २०/२५ जनाले महाधिवेशन बोलाउँछु भनेर हुन्छ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एशोसिएशनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षेप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्।

केन्द्रीय समितिको निर्णय सच्याउन कांग्रेस जिल्ला सभापतिहरुको माग

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेको छ। जिल्ला सभापतिले महासमिति बैठकबाट उठाएका २ मुद्दा केन्द्रीय समितिले उल्टाएको भन्दै सच्याउन माग गरेका हुन्।

नरम देखियो देउवाविरोधी समूह

सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरू केही नरम देखिएका छन्।

जिल्ला सभापतिहरूकाे गाेप्य भेला, कडा अनुशासन

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला बुधबार काठमाडौंको ठमलेस्थित एक होटलमा बसेको छ।

संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

महासमिति बैठकमा दुई मुद्दामा एकजुट देखिएका नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टी नेताकै गुटमा विभाजित भएका छन्। संस्थापन समूह र संस्थापनइतर समूह पछिल्लो समय वाक युद्धमा उत्रिएका हुन्।

पौडेलको घरमा देउवालाई सम्झाउने भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन भद्रगोल भएको भन्दै असन्तुष्ट समूहले भ्रातृ संगठन सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको बैठकले यसप्रति ध्यान दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग ‘लबिङ’ सुरु गरेका छन्।

असन्तुष्ट जिल्ला सभापतिहरुले चैत अन्तिम साता भेला गर्ने !

मंगलबार काठमाडौंमा बसेको ११ जिल्ला सभापतिको बैठकले पार्टीलाई केन्द्रीय समितिले मनोमानी ढंगले चलाएको भन्दै त्यसको विरोधमा उत्रने निर्णय गरको हो। केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक निकायमा समानुपातिकमा पटक पटक स्थान दिइनु नहुने उनीहरुको माग छ।

कांग्रेस जिल्ला सभापतिद्वारा विशेष महाधिवेशनको चेतावनी

नेपाली कांग्रेसका जिल्लाका सभापतिहरूले सबै तहका नेताहरू वडा तहमै निर्वाचित भएर आउने व्यवस्था नभए विशेष महाधिवेश बोलाउने चेतावनी दिएका छन्। मंगलबार ५५ जिल्लाका सभापतिहरूले महासमिति बैठकको निर्णयअनुसार सबै तहका नेताहरू विधानमा वडा तहबाटै निर्वाचित भएर आउने पर नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन।

कांग्रेस जिल्ला सभापतिको चेतावनी : निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउँछौं

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्।  महासमिति बैठकबाट पारित भएको विधानलाई परिमार्जनको नाममा केन्द्रीय समितिबाट उल्ट्याउने काम भएको भन्दै जिल्ला सभापतिहरूले निर्णय नसच्याए विशेष महाधिवेशनको चेतावनी दिएका हुन्।

राष्ट्रपति होइन कांग्रेसको सभापति र प्रधानमन्त्री बन्न चाहन्थेंः पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले आफ्नो चाहना प्रधानमन्त्री रहेको बताएका छन्। राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै उनले आफूले राजनीति गर्दा नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्