२० आश्विन २०८१ आइतबार
image/svg+xml

सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेका प्रमाण

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ।

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ।

सरकारमा जाने-नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ ।

‘लोकतन्त्रका लागि प्रेस बलियो हुनुपर्छ’

मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालले लोकतन्त्र बलियो हुनका लागि प्रेस बलियो हुनुपर्ने बताएका छन्।

सरकारमा थपिए कांग्रेसका तीन नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकूल परिस्थिति र चुनौतीबाट नेपाली कांग्रेस नभाग्ने बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस बाँकेको ७औं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकूल भए पनि कांग्रेसले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।

सत्तारोहणमा रास्वपाको अलमल

चितवनबाट काठमाडौं फर्किएपछि पार्टीको आधिरकारिक बैठक बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको भनाइ थियो। चुनाव जितेर लामिछाने काठमाडौं पुगेको साता दिन बितिसकेको छ। तर सरकारलाई दिएको समर्थन रास्वपाले अहिलेसम्म फिर्ता लिएको छैन।

‘प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस भाग्दैन’

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस पार्टी नभाग्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा द्विपक्षीय भेटवार्ता भएको बताइएको छ।

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।

अझै गएन कांग्रेसको इतर पक्ष सरकारमा, राष्ट्रपति निकटलाई पनि चाहियो मन्त्री

यी घटनाक्रम हेर्दा मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी छ। मन्त्रीहरूको शपथ पनि जारी छ। र, अझै पनि सरकार पूर्ण रूपले विस्तार भइसकेको छैन। यो विस्तार हुने क्रम पनि जारी छ।

कांग्रेस इतर किन जाँदैन सरकारमा? आन्तरिक असहमति हो की प्रधानमन्त्रीलाई असहयोग !

मंगलबार मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्