२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सक्कली प्रजातन्त्र कि नक्कली लोकतन्त्र!

राजा एक गएर हरेक दलमा राजा नयाँ जन्मिए,

नेपाली जनको कतै हित हुने बाजा कहाँ घन्किए।

नातेदार समस्त पोषण गरी के देश बन्ला भन,

व्यर्थै भो गणतन्त्र सोच्नु छ कतै यो देशबारे जन।

वर्तमान धरातलीय यथार्थबारे स्वरचित लामो कविताको एक टुक्रा प्रस्तुत गरेर प्रसङ्ग सुरु गर्छु। राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ। सत्ता ओगट्नेले अरूलाई उपेक्षा र निषेध गर्ने राजनीतिक हर्कतले अन्योल झनै कठोर हुँदै गएको परिप्रेक्ष्यमा वैशाख ११ गते ‘लोकतन्त्र दिवस’ संघारमै आएको छ।

फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको र चैत २६ गते पार्टी स्वतन्त्रता दिवसको रूपमा चिन्दै आएका जनताले वैशाख ११ गतेलाई कुन गुण र विशेषताका आधारमा लोकतन्त्र दिवस मान्नुपर्ने? यस्ता दिवस सत्ताधारी बदनाम अनुहार लुकाउने खास्टोको रूप लाग्दै आएको अवस्थामा चित्तबुझ्दो उत्तर पाउनु जनताको नैसर्गिक अधिकार हो।

वर्तमान धरातलीय यथार्थबारे स्वरचित लामो कविताको एक टुक्रा प्रस्तुत गरेर प्रसङ्ग सुरु गर्छु। राष्ट्रिय राजनीतिक स्थिति अँध्यारो सुरुङभित्र हराए जस्तो अन्योलग्रस्त छ।

कथित ‘लोकतन्त्र दिवस’ कै सन्दर्भमा, कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले २०४६ को जनआन्दोलन घोषणा गर्ने, आफ्नै निवासको प्रांगणमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दा भनेको सम्झना हुन्छ, “प्रजातन्त्र नमान्ने राजतन्त्र आन्दोलनबाट स्वाहा हुन्छ। जुन तत्वले राजतन्त्र स्वाहा गर्छ, त्यही तत्वले प्रजातन्त्रवादीहरूलाई पनि सिध्याउने छ। त्यसैले राजाले बुझून्, कांग्रेसले यही कुरा बुझाएर तिम्रा हजुरबालाई दिल्लीबाट काँधमा बोकेर सिंहासनमा विराजमान गराएका हौँ। कांग्रेस अहिले पनि प्रजातन्त्रको बाटो हेर्दै वैधानिक राजतन्त्रको पक्षमा बसिरहेको छ। भोलि के होला, म पनि भन्न सक्दिनँ...।”

नेपालको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी भनिएको कांग्रेसले आफ्ना आधारभूत सिद्धान्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को कसीमा देशको वस्तुस्थितिको सर्वस्वीकार्य विश्लेषण र निष्कर्ष मुलुकलाई दिनुपर्दछ। जुन पार्टीमा उसैको इतिहासमा खारिएका विचारधारा, नीति र सिद्धान्तकै हत्या हुन्छ, त्यस पार्टीको भविष्य कसरी सुरक्षित रहला ! कांग्रेसका लागि जनतामा पुग्ने वैचारिक राजमार्ग बनाउनुका साथै पार्टीका जरा समाजमा गहिरोसम्म पुर्‍याउने काम बिपी कोइरालाले गर्नुभएको थियो।

कांग्रेस अहिले पनि प्रजातन्त्रको बाटो हेर्दै वैधानिक राजतन्त्रको पक्षमा बसिरहेको छ। भोलि के होला, म पनि भन्न सक्दिनँ...।”

सुवर्णशमशेरले परिवर्तनलाई सार्थक बनाउन तन, मन, धनले निस्वार्थी भावका साथ काम गर्नुभयो। सूर्यप्रसाद उपाध्यायले पार्टीमा कालजयी विचार प्रतिपादन गर्नुभयो। उहाँहरूको हाराहारीमा आउन सक्ने अर्को नेता कांग्रेसमा त के नेपालका कुनै पार्टीमा जन्मेनन्। तर विडम्बना! बिपीका विचारधाराको तेजोवध गर्ने काम कांग्रेसभित्र, उहाँकै परिवारजन र ‘उत्तराधिकारी’ को दाबी गर्नेहरूबाट भइरहेको छ।

गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्मले रटिरहेको एउटा नारा सुनिन्थ्यो, “आफ्ना सिद्धान्तको मूल्यमा कांग्रेसले कसैसँग पनि सम्झौता गर्दैन...।”

राजतन्त्र बिदा गरेपछि राष्ट्रिय परिस्थितिमा कांग्रेस दिनानुदिन खिइँदै गइरहेको छ। उसलाई एकल बहुमतको हैसियतमा फर्काउन गतिलो नेतृत्व र ठूलो मेहनत चाहिने भएको छ।

कांग्रेसको नियति प्रजा परिषद्कै जस्तो होला भन्ने डरको चिसो यसका चेतनशील कार्यकर्तालाई परिरहेको छ। कांग्रेसले हरेक पटक स्वार्थ अनुरूप दर्शन, सिद्धान्त र लक्ष्य केही नमिल्ने पार्टीसँग समेत सत्ता, राजनीतिक स्वार्थ र क्षणिक लाभ हेरेर सिद्धान्त र नैतिकताको मूल्यमा सत्ताका लागि जथाभावी सम्झौता गरिरहेकाले आजको प्रतिरक्षात्मक अवस्थामा पुगेको हो।

२०४८ सालपछि प्रजातान्त्रिक समाजवादलाई पूरै लत्याएर धनाढ्य मुलुकहरूले पनि त्यागेको ‘आक्रामक पुँजीवाद’ अवलम्बन गरेपछि कांग्रेसको वैचारिक शिथिलता सुरु भएको हो। समाजवादलाई समाप्त गरेपछि पार्टीको आन्तरिक लोकतन्त्र र यसका आधारभूत मूल्य, मान्यता, परम्परा र मौलिक कांग्रेसी संस्कृतिलाई सिध्याउने काम भयो।

जननायक बिपी कोइरालाले २०३३ सालमा समकालीन नेपालको परिस्थितिलाई एक वाक्यमा भन्नुभएको थियो, ‘राजा र मेरो घाँटी एकै ठाउँमा जोडिएको छ।’

कांग्रेसको नियति प्रजा परिषद्कै जस्तो होला भन्ने डरको चिसो यसका चेतनशील कार्यकर्तालाई परिरहेको छ।

आज राजतन्त्र छैन तर कांग्रेसको घाँटी कहाँ छ, यसका नेताहरूलाई हेक्का छ? जुन राष्ट्रिय परिस्थितिमा बिपीले यसो भन्नुभएको थियो, आजको वस्तुस्थिति त्योभन्दा सुध्रिएको छैन। कांग्रेस राजतन्त्रको पार्टी नहुँदा पनि राजतन्त्रलाई मित्रशक्ति बनाउने पार्टी हुन सक्थ्यो।

आजको कांग्रेसले ‘गणतन्त्र’ का लागि कसैको जागिर खाएको रहेछ वा ठेकेदारी लिएको रहेछ, भोलिको विचारै नगरी आत्मघाती र जनघाती खेलमा फस्यो। ‘गणतन्त्र’ कार्यान्वयनमा बाठो भएर अगुवाइ गर्ने कांग्रेसले गणतन्त्रकै दिनमा पञ्चायतकालमा पनि भोग्नु नपरेको स्खलन, कमजोरी र दुर्दशा भोग्नपुग्यो।

आजको कांग्रेसले ‘गणतन्त्र’ का लागि कसैको जागिर खाएको रहेछ वा ठेकेदारी लिएको रहेछ, भोलिको विचारै नगरी आत्मघाती र जनघाती खेलमा फस्यो।

जनसमुदायको स्तर (ग्रास रुट लेभल) मा राम्रो जनाधार भएर पनि संगठनात्मक अवस्था र ‘शीर्ष नेतृत्व’ का कारणले बिग्रिरहेको छ। कांग्रेसको समस्या मास (जनसमुदाय) मा देखिन्न। ‘ग्रासरुट’ का कांग्रेसलाई ‘प्यारासुट कांग्रेस’ ले खाइरहेका छन्। चारै दिशाबाट कांग्रेस ‘सच्चिनुपर्छ’ वा ‘सुध्रिनुपर्छ’ भन्ने जनआवाज आइरहेको बीसौँ वर्ष बितिसक्यो।

कांग्रेसलाई ‘सच्चिन’ वा ‘सुध्रन’ केहीले रोकेको छैन, यसकै नेताहरूको नालायकी बाधक बनेको मात्र हो। अर्थात कांग्रेसलाई सुधार्ने भनेको नेतृत्वको नियत वा मनोवृत्ति र आचरणमा सुधार आएको कार्यरूपबाट हो।

जनताले पार्टीहरूलाई लोकतन्त्रका संवाहक र जनताका सेवकका रूपमा हेर्न चाहेका छन्। तर पार्टीहरूका क्रियाकलाप लोकतन्त्रको संवाहक होइन, उपभोक्ता भएको र जनताको सेवक होइन केवल जनमत बटुल्ने मालिक भएको देखिन्छ। नारामा देश र जनतालाई शीरमा राखिन्छ तर व्यवहारमा पैतालामुनि पुर्‍याइन्छ। जहाँ धम्कीको बोलवाला हुन्छ, त्यहाँ विचारको विजोग हुन्छ।

बिपी भन्नुहुन्थ्यो, “सत्यको मुख थुनिदियो भने मिथ्याको थुतुनो उघ्रिन्छ।”

अर्थात मिथ्याको थुतुनो उघ्रिएको ठाउँमा सत्यको हत्या हुन्छ। सत्ताका लागि सत्यको हत्या नै कांग्रेसको चालु राजनीति भएको छ।

कांग्रेसलाई ‘सच्चिन’ वा ‘सुध्रन’ केहीले रोकेको छैन, यसकै नेताहरूको नालायकी बाधक बनेको मात्र हो।

विगत दुई दशक अवधिमा कांगे्रेसभित्र अवाञ्छित प्रवृत्ति र चरित्रको विकास भयो। बच्चालाई जन्म दिने माउ (आमा) लाई बच्चाले खाइदिने ‘माकुरे कुप्रवृत्ति’ कांग्रेसमा बढेर गयो। यही अवधिमा पार्टीका दुई संस्थापक नेता, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अपमानका घुट्का पिएर र आँसुले हात धोएर आपूmले हुर्काएको पार्टी छाड्न विवश हुनुभयो। अर्कातिर माओवादीलाई आफ्नै थाप्लामा खेल्न दिने काम गरियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि एकपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका थिए। जवाफमा उनले कांग्रेसलाई दुई चिरामा विभाजन गरिदिए। तर पार्टीमा परिवारवाद चलाउँदा, नेतृत्वका लागि योग्यलाई बाधक ठानेर अपमानपूर्वक पार्टी छाड्न विवश बनाइँदा र काखा र पाखा गर्दा कार्यकर्तामा कस्तो असर पर्छ भन्ने कुरा स्वयं भुक्तभोगी हुँदा पनि वर्तमान नेताहरूले पाठ सिकेर मार्गदर्शन बनाउन सकेनन् वा चाहेनन्।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि एकपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका थिए।

हिजोका कांग्रेस नेताहरूले पार्टी स्थापना गरेर २००७ सालको क्रान्तिदेखि नै सम्पूर्ण आन्दोलनमा कालजयी नेतृत्व दिँदै इतिहासमा अंकित र अन्तर्राष्ट्रिय जगतमा समेत सम्मानयुक्त पार्टी जिम्मा लगाएर गए। जस्तोसुकै यातनामय अवस्थामा पनि गणतन्त्रको बाटो सोचेनन्।

आजका नेताहरूले पार्टी बनाएर होइन, अग्रज नेताले जिम्मा लगाएको पार्टी भत्काएर, यसका खम्बा र दलिन पनि बेचेर तुच्छ लाभमा हिँडिरहेका छन्, आफ्नो दुर्नाम चलाइरहेका छन्।

हिजोका नेताहरू आफूमा आएको माथिल्लो ओहोदा आवश्यकताअनुसार आफ्नो सहकर्मी नेतालाई खुसीसाथ हस्तान्तरण गर्थे। आजका नेताहरू जसरी भए पनि पदमा टाँसिइरहनमात्र खोज्छन्। हिजोका नेताहरू जहाँ हुन्थे पार्टी त्यहीँ भएको मानिन्थ्यो र विरोधी दलका नेताहरू पनि ऐतिहासिक निर्णय लिन त्यहीं आइपुग्थे। आजका नेताहरू इतिहासको त्यही ब्याज खाँदै अन्य दलका दुलादुला र खोपी चहारेर हिँडिरहेका छन्।

लोकतन्त्र दिवसको सन्दर्भमा लोकतन्त्रको सिपाही, कांग्रेसले स्वयंलाई सच्याउने कि सिध्याउने? रोजाइ उसकै नेतृत्वको हो।

हिजोका नेताहरू आफूमा आएको माथिल्लो ओहोदा आवश्यकता अनुसार आफ्नो सहकर्मी नेतालाई खुसीसाथ हस्तान्तरण गर्थे।

जननायक बिपी कोइरालाको यो भनाइउपर हेक्का राख्दै प्रवृत्ति र आचरणमा आमूल परिवर्तन ल्याउनु नितान्त जरुरी देखिन्छ, “जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ, र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ...।”  

प्रकाशित: ७ वैशाख २०८० ००:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App