५ आश्विन २०८१ शनिबार
image/svg+xml

अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ‘ट्रिब्यूट’

पोखराले कलाकारले स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझमार्फत श्रद्धासुमन व्यक्त गरेका छन। लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा स्मृति साँझ आयोजना गरिएको हो।

बुद्धभूमि नगरपालिकाले थारू संग्रहालय निर्माण गर्दै

बुद्धभूमि नगरपालिकाले थारू कला र संस्कृति जर्गेना गर्न सवा करोेड बढीको लगानीमा थारू संग्रहालय निर्माण सुरु गरेको छ।

ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ।

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौंतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ।

एनआईसी बैंकका ग्राहकलाई क्यान्सर सेन्टरमा छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

पर्यटन मन्त्रीको निर्देशन-‘महिना दिनभित्र ई-टिकटको व्यवस्था गर्नू’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न निर्देशन दिएका छन्।

साझा यातायातको बिजुली बस चढेर पाटन हिँडिन् राष्ट्रपति भण्डारी

शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा यातायातको बिजुली बसमा चढेर पाटन जादै गरेकी यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए।

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट नगरपालिका-३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एकजना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छः मेयर साह

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

माओवादीको चुनावी प्रचारप्रसारमा संलग्न रहेका घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण

घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो? भनी स्पष्टीकरण सोधिएको छ।

शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल

‘केही फरक पर्दैन। शंशाक कोइराला राष्ट्रिय व्यक्तित्व हो, उहाँ एमालेका मत पनि तान्नु हुन्छ, कांग्रेसमा मात्रै सीमित रहनु हुन्न। त्यसबाहेक अहिले त कांग्रेस एकढिक्का छँदै छ, गठबन्धनका दलका नेताकार्यकर्ता पनि एक भएर लाग्नुभएको छ,’ भट्टचनले भने, ‘कांग्रेसको जित त सुरक्षित भइसकेको छ, हामी अत्यधिक जनमत जुटाउन लागेका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्