९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीको सपथ सर्यो

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथग्रहण कार्यक्रम २ दिनको लागि सरेको छ । अब उनले फागनु ४ गते मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि उनले २ गते सपथग्रहण गर्ने कार्यक्रम थियो।

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख बाबुराम कुँवरलाई पत्र पठाएका छन्।

गुरुङ मुख्यमन्त्री पक्का

एमाले संसदीय दलको नेतामा आकांक्षी किरण गुरुङले उम्मेदवारी नदिएपछि सहमतिमै पृथ्वीसुब्बा गुरुङ निर्विरोध दलको नेता भएका हुन्।

मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ।एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख उमाकान्त झासमक्ष पेस गरेसँगै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । आइतबार दिउँसो एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता केसीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाएकाहुन्।

मुख्यमन्त्री पौडेलकाे सपथ अाज

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेश नम्बर ३ संसदीय दलको नेता चुनिएका उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलको सपथ सोमबार ९ बजे

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमालेका डोरमणि पौडेलको सोमबार सपथ हुने भएको छ। पौडेललाई प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार ९:३० बजे पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ।

पृथ्वीसुव्वा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री पक्का

नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुव्वा गुरुङ सर्वसम्मत भएका छन्। आज बसेको एमाले संदीय दलको बैठकले उनलाई सर्वसम्मत गरेको हो। यो संगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणी पौडेललाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पौडेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख अनुराधा कोइराला लाई पत्र पठाउने तयारी गरेका छन्।

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । न्यु डाइमन्डले २५–२०, २५–७, २५–१५ को जित हात पा¥यो

प्रदेश २ मा भागवण्डा : मुख्यमन्त्री फोरमलाई, सभामुख राजपाको

प्रदेश नम्बर दुईको सरकार निर्माण गर्न संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहमति भएको छ। शनिबार साँझ काठमाडौंमा बसेको दुई दलको बैठकले सभामुख, उपसभामुख र मुख्य मन्त्री समेत सात मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।

यस्ता छन् भावी मुख्यमन्त्री

संघीय व्यवस्था कार्यान्वयनका लागि मुलुकका ७ वटै प्रदेशमा प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ । यसैक्रममा ६ वटा प्रदेशमा मुख्यमन्त्रीको लगभग टुंगो लागेको छ ।

प्रदेश ३ : को हुन भावी मुख्यमन्त्री पौडेल ?

प्रदेश नम्बर ३ को नेकपा एमालेको संसदीय दलको नेतामा निर्वाचित भएसँगै भावी मुख्यमन्त्री डोरमणी पौडेलको बारेमा जिज्ञासाहरु बढ्न थालेको छ। संघीय राजधानी रहेको शक्तिशाली मानिएको प्रदेश भएकाले पनि भावी मुख्यमन्त्रीबारे चासो बढेको पाइन्छ।

शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्