२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

मंगलबारबाट सन् २०१९को लागि डिभी आवेदन खोलिदै

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १७ असोज (३ अक्टोबर) बेलुका ९ः४५ बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २१ डिभी भर्ने अन्तिम मिति हुनेछ। काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘मंगलबारदेखि सन् २०१९ को लागि डिभी आवेदन खुल्ला गरिदैंछ ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ। ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।

कीर्ते कागजात बनाएर भिषा आवेदन गर्नेहरु अब पक्राउ पर्ने

सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ।

औद्योगिक क्षेत्र स्थापना अध्ययन गर्न ६३ आवेदन

सात प्रदेशमा स्थापना हुने औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न ६३ कम्पनीले इच्छा देखाएका छन् । उद्योग मन्त्रालयले प्रत्येक प्रदेशमा स्थापना हुने सातवटा औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न भन्दै आवेदन माग गरेको थियो ।

म्यादी प्रहरीमा दोब्बरभन्दा बढी आवेदन

नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि माग गरेको म्यादी प्रहरीमा आवश्यकभन्दा दोब्बर आवेदन परेको छ । बेरोजागर बसिरहेका युवायुवतीले दुई महिना भएपनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन् । लोकसेवा आयोग,कोरियाको इपिएस तथा बैंक वित्तीय संस्थाले जागिरको लागि दरखास्त आह्वान गर्दा १० देखि सय गुणासम्म बढी आवेदन पर्ने गरेको छ ।

कोरिया भाषा परीक्षा दिन ७५ हजारको आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान तोकिएको कोटाभन्दा ६ गुणा बढी आवेदन परेको छ। १० हजार दुई सय कोटामा ७५ हजार ६ सयको आवेदन परेपछि प्रत्येक सात जनामध्ये एकजनाले मौका पाउने भएका छन्।

म्यादी प्रहरीका लागि १ हजार ४७८ को आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि १ हजार ४७८ जनाको आवेदन परेको छ । आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ आव्हान गरिएको म्यादी प्रहरीकालागि २१९ जना महिला र १ हजार २५९ पुरुषको आवेदन परेको हो ।

आठ पासको जागिरको लागि डिग्री पासको आवेदन

नेपालमा पछिल्लो समय सरकारी जागिरमा युवा आकर्षण बढेको छ । यसवर्ष सरकारले आवेदन माग गरेको खरिदार, वन रक्षक र म्यादी प्रहरीमा युवाहरूको आकर्षण बढेकोे हो ।

विवेकशीलले माग्यो उम्मेदवारको आवेदन, ५ सय शब्दको निबन्ध लेख्नुपर्ने

विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकालाई लक्ष्यित गर्दै उम्मेदवारको आवेदन माग गरेको छ।

मिस नेपाल २०१७ का लागि आवेदन खुला

मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।

श्रेणीबिहीन वन रक्षक पदमा डिग्री पासको आवेदन

नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ। कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन्।

दुई सय ६६ पदमा झन्डै २१ हजार आवेदन

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दुई ६६ जना मागेकोमा २० हजार आठ सय ८७ ले आवेदन दिएका छन्। अन्य सरकारी स्वामित्वका संस्थानमा भन्दा प्राधिकरणमा आकर्षक तलब, सेवा तथा सुविधाका कारण यति धेरैले आवेदन दिएका हुन्।

लोकसेवाले तीन दिन थप्यो नासुको आवेदन दिने म्याद

नायब सुब्बा (नासु) को लागि आवेदन दिने मिति निर्धारित समयभन्दा तीन दिन थपिएको छ। आयोगको वेब साइटमा आएको समस्याका कारण आवेदन दिने म्याद तीन दिन थप गरिएको आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालालले नागरिकन्युजलाई बताए।

९८० शाखा अधिकृतका लागि ५३ हजारको आवेदन

लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन्।

लाईसेन्सका लागि दुई हजार ३ सय ३९ ले आवेदन दिए

चार वर्षपछि धौलागिरीमा खुलेको सवारी चालक अनुमति पत्रका लागि २ हजार तीन सय ३९ जनाले आवेदन फाराम भरेका छन्। यही पुस २६ गतेदेखि २९ गतेसम्म खुलेको आवेदन दिने समयमा उक्त संख्यामा आवेदन फाराम भरिएको धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए।

लाईसेन्सको आवेदन फाराम भर्नेको भीड

जिल्लामा चार वर्षपछि पहिलो पटक सवारी चालक अनुमति पत्र लाईसेन्स वितरणका लागि आवेदन खुलेको छ। मंगलबारदेखि आवेदन फाराम खुलेसंगै फाराम भर्ने युवाहरुको भीड लागेको छ। मंगलबार पहिलो दिन मात्रै ८ सय बढिले सवारी चालक अनुमति पत्रका लागि आवेदन भरेको यातायात व्यवस्था कार्यालय धौलागिरी बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्