१७ असार २०८१ सोमबार
image/svg+xml

मध्यपहाडी लोकमार्गको विस्तार तीव्र

कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो।

मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने

पूर्वी पाँचथरको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल–मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने भएको छ। सुरुवाती विन्दु मानिएको चिावभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्नका लागि केही दिन अगाडि ठेक्का सम्झौता भएको हो।

मध्यपहाडी लोकमार्गको पर्वतखण्ड दैनिक साढे तीन घण्टा बन्द हुने

निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ।

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद

मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन। कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो।

मध्यपहाडीको लागत तीन गुणा बढ्यो

तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको लागत तीन गुणाभन्दा धेरै बढेको छ ।

मध्यपहाडी लोकमार्गको कार्य प्रगति प्रति महालेखा असन्तुष्ट

महालेखा परीक्षकको कार्यालयले मध्यपहाडी लोकमार्गको प्रगति लक्ष्यभन्दा ज्यादै न्यून देखिएको भन्दै सम्बन्धित निकायले लक्ष्य अनुसार कार्य सम्पन्न गर्ने प्रकृयामा उल्लेख्य ध्यान दिनुपर्ने औंल्याएको छ ।

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ।

मध्यपहाडी लोकमार्गको बेहाल

कालोपत्र हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ। बर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन्।

मध्यपहाडी लोकमार्गको हेमजा सडकखण्ड हिलाम्मे, स्थानीय र यात्रुलाई हैरानी

मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्ड हिलाम्मे भएको छ । कास्की जिल्लामा पर्ने हेमजा सडक खण्ड निर्माणमा ढिलाई भएसँगै वर्षायाम शुरु भएर वर्षा भएपछि सो सडकखण्ड अन्तर्गत हेमजास्थित अम्विका स्कुलदेखि घट्टेखोलासम्म करिब डेढ किलोमिटरको क्षेत्र हिलाम्मे भएको हो । सडक हिलाम्मे भएपछि पोखरा–बागलुङ राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा स्थानीयबासी हैरानीमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्