२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गर्मीमा डढेलो जोखिमः न सामग्री न दक्ष जनशक्ति !

वसन्त र ग्रिष्म ऋतु विशेषतः वन डढेलो जोखिमको समय हो । यो समयमा वर्षभरि भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ, डढेलोका कारण । हो, त्यही डढेलो लाग्न नदिन र लागिसकेपछि नियन्त्रण गर्न चाहिने प्रयाप्त आवश्यक सुरक्षा सामग्री तथा तालिम प्राप्त दक्ष जनशक्तिको अभावले बर्सेनि सुदूरपश्चिमको वन मासिँदै गइरहेको छ ।

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए ।

धुलैधुलोले कुरूप बन्यो अत्तरिया

सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ। त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।

कैलालीमा झडप

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।

धनगढीमा ओली र माधव पक्षबीच झडप

सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्ष बिच बिवाद उत्पन्न भएको छ ।

सहकारी डिजिटल सेवामा जोडिँदै

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी सहकारहिरू डिजिटल सेवामा जोडिन इच्छुक भएका छन्। सहकारी संस्थाले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए।

सुदूरपश्चिममा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

समाजमा घट्ने सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उपमहानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो। उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान सुरु गरेको थियो। उक्त अभियानमा कोरियामा रहेका १ सय६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए।

प्रदेश सरकारमा दुई मन्त्री अझै थपिएन

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले करिव दुई महिना हुदाँ पनि मन्त्री थप गर्न सकेको छैन । नेकपा दुई समुहमा बिभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय दुई मन्त्री बाहिरिएपछि मन्त्रालय मन्त्री बिहिन बनेका हुन ।

सुदूरपश्चिम सरकारका तीन वर्ष : अपेक्षाअनुसार काम गर्न सकेन (अपडेट)

देश संघीयतामा गएर सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन वर्ष बितेको छ। पर्याप्त प्राकृतिक सम्पदाका बाबजुद पनि विगतमा विकासले पछाडि परेको सुदूरपश्चिम प्रदेशले आफ्नै आगनमा सरकार बनेपछि विकासले गती लिने स्थानियले अपेक्षा गरेका थिए।

सधैँ दुर्गन्धित अत्तरिया चाेक !

सुदूरपश्चिम प्रदेश सभाको बैठकले २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने निर्णय गर्‍यो । राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै नगरपालिकाको एकमात्रै ठूलो र प्रदेशकै मुख्य प्रवेशद्वारका रुपमा रहेको अत्तरिया बजाले गति पाउने आशा लियो । तर, प्रदेशकै प्रवेश द्वारका रुपमा रहेको अत्तरियाले गति पाउन त कहाँ हो कहाँ उल्टै दुर्गन्धित ढलले बद्नामित हुन थालेको छ ।

सुदूरपश्चिममा बालिका जन्मदर घट्दै

सुदूरपश्चिम प्रदेशमा नवजात शिशुमा बालिकाभन्दा बालक बढी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको चार वर्षदेखिको तथ्यांकले सुदूरपश्चिम प्रदेशमा बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा जम्मा जन्मेका नवजात शिशुमध्ये ४७.६ प्रतिशत बालिकाको जन्म भएको थियो, भने ५२.४ प्रतिशत बालक जन्मेका थिए।

सुदूरपश्चिम प्रदेशः आकांक्षी बढेपछि मन्त्री थप्नै सकस

नेकपा दुई समूहमा विभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओलीपक्षीय मन्त्री बाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेका छैनन्। मन्त्री बन्न आधा दर्जनभन्दा बढी प्रदेशसभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरू ओली पक्षतर्फ जाने सम्भावना रहेकाले मुख्यमन्त्रीलाई मन्त्री थप्न सकस भएको हो।

सुदूरपश्चिम प्रदेश सरकार : मन्त्री थप्न सकस

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय मन्त्रि वाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेको छैन । मन्त्री बन्न आधादर्जन भन्दा बढी प्रदेश शभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरु ओली पक्ष तर्फ जाने संभावना रहेकाले मुख्यमन्त्रीलाई मन्त्री थप्न सकस भएको हो । नेकपा दुई समुहमा बिभाजन भएपछि केपी ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए । भने आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले गत पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिए ।

प्रदेश सभाको हिँउदे अधिवेशन माघ २६ गतेदेखि

सुदूरपश्चिम प्रदेशको सातौ तथा हिउदे अधिवेसन माघ २६ गतेदेखि शुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको आईतवार वसेको बैठकले माघ २६ गते हिउदे अबिधेसन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखवाट सभामुखलाई आह्वान गर्न पत्र प्राप्त पछि हिउदे अधिबेशन वोलाउने तयारी शुरु हुने प्रदेश शभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्