६ आश्विन २०८१ आइतबार
image/svg+xml

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ। खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए।

डा. केसीको शिविरमा भीड, ३ सय बढीको स्वास्थ्य परीक्षण (फोटो फिचर)

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर गोविन्द केसीको निःशुल्क स्वास्थ्य शिविरमा सर्लाही तथा रौतहटका विरामीहरुको भिड लागेको छ। रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा गढीमाई, वृन्दावन, गरुडा र माधवनारायण नगरपालिकाका साथै सर्लाहीको विभिन्न स्थानीय तहवाट आएका विरामीहरुको भीड देखिएको हो।

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आँखा परीक्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले आँखामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा आँखा परीक्षण गराएकी छिन् ।

८० न्यायाधीश नियुक्तिको संवैधानिकताको परीक्षण आज

सर्वोच्च अदालतले १३ महिना अगाडि उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूको नियुक्तीको संवैधानिकताको अन्तिम परीक्षण आज गर्ने  भएको छ।  सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको पूर्ण इजलासले सो को लागि १०ः३० बजेदेखि सुनुवाई तय गरेको हो । सर्वोच्च अदालतको दैनिक पेशीसूचीमा उक्त मुद्दा आज एकै नम्बरमा राखी सुनुवाइ तय गरेको हो।

अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने

अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्। दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।

भेरी बबर्इमा सुरूङ खन्ने मेसिनकाे परीक्षण सफल

नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को परीक्षण सफल भएको छ ।  ड्रिलिङ र बलाष्टिङ प्रविधिद्वारा सुरुङ खन्ने प्रचलन रहेको नेपालमा टिबिएम सफल हुने÷नहुनेमा अन्योलता थियो । एक साता अघि राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनमा ट्रायल परीक्षण गरिएको टिबिएमले दैनिक १५–२० मिटर सुरुङ खनिरहेको आयोजनाले जनाएको  छ ।

अहिलेसम्मकै शक्तिशाली मिसाइल परीक्षण गर्दै रूस

रूसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभका अनुसार रूसले विश्व नै खल्बलाउने एसएटीएएन २ नामक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेका छन्।  उक्त मिसाइल प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्न सक्ने रूसी रक्षा अधिकारीहरूको दाबी छ । उक्त क्षेप्यास्त्रले एक पटकको प्रहारमा फ्रान्सको क्षेत्रफल बराबरको भू —भागलाई नष्ट पार्न सक्नेछ।

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ।  सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए। धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरे।

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए।

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

१६ वर्षअघि कोटवाडा विमानस्थलमा ३६ जना कामदारको एउटै चिहान भएको थियो । ३६ जना एकै चिहान बनेको दिन कोटवाडाबासीका लागि नमेटिने दुःखको घाउ बनेको छ । २०५८ फागुन १५ गतेको पीडादायी घटना स्थानीयले स्मरण गरिरहेका छन् । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले अछामको मंगलसैनमा आक्रमण गरेपछि कोटवाडा विमानस्थलमा नेपाली सेनाले माओवादी भन्दै कामदारलाई गोली हानेको थियो।

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।

उत्तर कोरियाको मिसाइल परीक्षणप्रति संयुक्त राष्ट्रसंघको निन्दा

उत्तर कोरियाले शुक्रबार जापान माथि गरेको मिसाईल परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले कडा शब्दमा निन्दा गरेको छ।

आणविक परीक्षण झनै बढाउछौँ : उत्तर कोरिया

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ।

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

डोल्पा स्थित जुफाल विमानस्थल पिच सकिएपछि पहिलो पटक तारा एयरले परीक्षण उडान भरेको हो । विहान तारा एयरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्