१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विकिरणयुक्त मेसिन क्यानाडा फिर्ता लगिने

क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ।

म पनि क्यान्सरको जोखिममा छु : डा. साेती

नेपालमा पनि क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ। कस्ता व्यक्ति क्यान्सरको जोखिममा छन् ? यसबाट बच्ने उपाय के हो ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. कमलराज सोतीसँग गरेको कुराकानीः

नाबालक छाेराले रुँदै भने : “मेरो बाबालाई किन आगो लगाउने”

डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो।

सुरुमै थाहा पाए निको हुन्छ क्यान्सर

सुरुकै अवस्थामा पत्ता लागेमा जुनसुकै क्यान्सर रोग निको हुने विज्ञ चिकित्सकले औंल्याएका छन्। नेपालमा जनचेतना तथा उपचारमा पहुँचको कमीका कारण क्यान्सर ढिला गरी पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ।

गरिब देशमा क्यान्सरबाट धेरैको मृत्यु

विश्वभरी सन् २०१८ मा १८.१ मिलियन नयाँ क्यान्सरका बिरामी देखा परेका छन्। यो वर्ष क्यान्सरले मृत्यु भएमध्येमा सबैभन्दा बढी दक्षिण–पूर्वी एसियाबाट रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सोमबार संगठनले जारी गरेको पे्रस विज्ञप्तिमा सो जनाइएको हो। गत वर्ष विश्वभरी ९.६ मिलियन व्यक्तिको मृत्यु क्यान्सरका कारणले भएको थियो। ती मध्ये ७० प्रतिशत मृत्यु दक्षिण–पूर्वी एसियामा रहेको छ। मृत्यु हुनेहरु यस क्षेत्रका मध्यम तथा निम्न आय भएका राष्ट्रका मानिस रहेको संघले जनाएको छ।क्यान्सरको समयमै जाँच तथा पहिचान हुने व्यवस्था नहुँदा र प्राथमिक अवस्थामै उपचार नहुँदा क्यान्सरको कारण हुने मृत्युको संख्यामा वृद्धि भएको विश्व स्वास्थ्य संगठनकी दक्षिण–पूर्वी क्षेत्रीय निर्देशक पुनम खेत्रपालले बताएकी छिन्।

भयावह बन्दै क्यान्सर

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढेको छ। प्रत्येक वर्ष यहाँ विरामीको चाप निरन्तर बढ्दै आएको छ ।अस्पतालको तथ्यांकअनुसार गत पाँच वर्षमा अस्पतालमा बहिरंग सेवा (ओपिडी) मा उपचारका लागि आउने बिरामीको संख्या दोब्बर भएको छ। सन् २०१४ मा नौ हजार एक सय ९१ बिरामी ओपिडी सेवामा आएका थिए। यो तथ्यांक सन् २०१८ मा पुग्दा दोब्बर भएको छ। सन् २०१८ मा अस्पतालमा १८ हजार एक सय ५६ बिरामी ओपिडीमा आएका थिए।

छ वर्षीय बालकलाई ब्लड क्यान्सर, आमाद्वारा सहयोगको याचना

आर्थिक अभावमा एक क्यान्सर पीडित बालकलाई अस्पतालबाट घर फर्काइएको छ। सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतिमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर फिर्ता पठाएको हो। निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो। एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन्।

कोइरालाद्वय नामका अस्पताल संघ मातहत ल्याउन माग

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला स्वासप्रश्वास अस्पताललाइ संघीय सरकार मातहत नराखीएको बिषयले प्रदेश ५ को सदनमा प्रवेस पाएको छ। आइतबारको संसद् बैठकमा विशेष समयमा बोल्ने प्रतिपक्ष सासंदले उस्तै प्रकृतिका ९ वटा अस्पताललाई संघ मातहत राखेर विस्तारको योजना ल्याउदा यी दुई अस्पताललाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै प्रदेशसभामार्फत केन्द्र सरकारलाइ निर्णय सच्याउन माग गरेका हुन्।

‘धेरैसँग यौन सम्पर्क गर्नेलाई पाठेघरको मुखको क्यान्सर’

महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।

सरकारको प्राथमिकताा छैन सुशिल कोइराला क्यान्सर अस्पताल

बाँकेमा सञ्चालित 'सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल' ले एक सय सैय्याको स्वीकृती पाएको छ। अस्पतालले ५९ शैड्ढयाबाट पनि मुस्किलले सेवा दिईरहेको छ। अस्पताललाई करिव २५ जना विशेषज्ञ चिकित्सकसहित कुल २ सय ५ जना जनशक्ति आवश्यक छ, तर नेपाल सरकारले अहिलेसम्म अस्पताललाई आवश्यक जनशक्ति दिन सकेको छैन। करारसहित करिव ३५ जना कर्मचारीले अस्पताललाई धानेका छन्।

अस्पताल विघटनको विरोधमा धर्ना

बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ।

निर्णय फिर्ता लिन बाँकेवासीको माग

कांग्रेस नेताका नामसँग जोडिएका अस्पताललाई संघीय सरकार मातहत नराख्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि त्यसको विरोध हुँदै आएको छ।

ऋतिकको स्मृतिमा अक्षयकोष

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

क्यान्सरसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान

जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रूपैयाँ बराबरको क्यान्सरसम्वन्धि अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ।

किन हुन्छ स्तन क्यान्सर ?

हरेक महिना आफ्नो स्तन आफैले छामेर परीक्षण गर्ने। तर कहिलेकाहिँ आफूले छामेर गिर्खा पत्ता नलाग्न पनि सक्छ। तसर्थ हरेक वर्ष एकपटक स्वास्थ्यकर्मीकोमा गएर जाँच गर्ने। अझ सकिन्छ भने ४० वर्षभन्दा माथिका दिदीबहिनीले वर्षमा एकपटक मेमोग्राम गर्ने या भिडियो–एक्सरे गर्ने। यी तीन कुरालाई नियमित अनपाउँदै गयौं भने सुरुकै अवस्थामा क्यान्सर पत्ता लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्