२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

क्यान्सरसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान

जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रूपैयाँ बराबरको क्यान्सरसम्वन्धि अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूतकी पत्नी एरिको साइगोले ती सामाग्रीको विवरण सहितको सम्झौतापत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन्।

उपकरणहरूमा अल्ट्रासाउण्डसहितको पोर्टेबल इको कार्डियोग्राम (इसिजि) मेसिन, सानो आन्द्राको क्यान्सर पत्ता लगाउने इआरसिपी मेसिन र फोक्सोको क्यान्सर पत्ता लगाउने ब्रोन्कोस्कोपी मेसिन रहेका छन्। उक्त मेसिन नेपालमा अन्य अस्पतालमा खासै प्रयोगमा आएका छैनन्।

‘हामीले क्यानरको उपचार यहीँ गराउँछौं भनेर लागिपरेका छौंँ, त्यसकारण पनि यस्ताखाले उपकरणहरु भित्र्याएका हौं,’ कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले भने, ‘अब नेपालमा सबैखाले क्यान्सर रोगको उपचार हुन्छ।’

प्रकाशित: २७ पुस २०७५ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App