४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम राजधानी कपको उपाधि वनदेवीलाई

प्रतियोगितामा वनदेवीका दिपेन्द्र मलासी सर्वोकृष्ट खेलाडी बने। उनले नगद २० हजारसहित ट्रफी पाए। वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए। रेसिङ सहाराका माधव भण्डारी उत्कृष्ट मिडफिल्डर भए।

शिक्षक समायोजन प्रक्रियामा ढिलाई

जग्गा जमिन भवन लगायत विद्यार्थी समायोजन गर्ने विश्व विद्यालयले स्थापना कालदेखि क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीलाई उपहास गरेको उनको दुखेसो छ।

सुदूरपश्चिम प्रदेशः पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको हो।

सुदूरपश्चिम पर्यटन बोर्डः मन्त्री आलेले गरे कार्यालय उद्घाटन

सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसार लगायतका गतिविधि अघि बढाउन कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

कृषिको विकासका लागि कृषकको सम्मन गर्नुपर्छः मुख्यमन्त्री भट्ट

धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल नआएको बताए।

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः १ हजार ३ जनाले गरे मतदान

शनिबार भएको नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा एक हजार ३ जनाले मतदान गरेका छन्।

छठ पर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरणा मिलोस्: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

रावललाई भट्टको सुझावः सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नू

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन्।

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ।

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, २४ जना अझै बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। साथै बाढीपहिराेमा परेर १६ जना घाइते भएका छन्। बाढीपहिरोले डोटीमा १५ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्।

बाढीपहिरो, डुबान: सुदूरपश्चिममा ३० जनाको मृत्यु

अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा बाढीपहिरोले ठूलो क्षतिः ६ को मृत्यु, २६ जना बेपत्ता, हजारौ विस्थापित

सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। अविरल वर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन् भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन्।

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्