१५ माघ २०७८ शनिबार
राजनीति

छठ पर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरणा मिलोस्: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका हुन्।

साथै उनले कोभिड–१९ कारण सहज रूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०७८ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App