४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साउन तेस्राे साताभित्र नयाँ पत्रकार आचारसंहिता

स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।

पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

काठमाडौं- सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गरी साउन १ गतेदेखि लागु हुने गरी मंगलबार नेपाल राजपत्रमा प्रकाशित गरेकोमा नेपाल पत्रकार महासंघले स्वागत गरेको छ।

‘साउनदेखि पत्रकारलाई नयाँ पारिश्रमिक'

सरकारले साउन १ गतेदेखि देशभरका सबै सञ्चारमाध्यममा पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले साउन १ गतेदेखि पारिश्रमिक लागू गर्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिएका हुन्।

अनुगमनमा गएका पत्रकार र कर्मचारीमाथि तरकारी व्यवसायीको आक्रमण

काठमाडौँ– बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई आज आक्रमण गरेका छन्।

मलिना बनिन पत्रकार

वीरगन्ज-नेपाली सिनेमा जगतका नयाँदेखि पुरानासम्मका दिग्गज कालाकारहरुलाई ‘कास्ट’ गरेर बनाउन लागिएको कथानक चलचित्र ‘संरक्षण’को छायांकन लगभग सकिएको छ।

पत्रकार आचार्यलाई महासंघको सहयोग

रौतहट-टाटा सुमोको ठक्करबाट पूरा परिवार नै घाइते भई श्रीमती समेत गुमाएका घाइते पत्रकारलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले सहयोग गरेको छ।

नेपाल दलित पत्रकार संघ सार्वजनिक

काठमाडौं– नेपाल दलित पत्रकार संघ बुधबार औपचारिक रुपमा सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको औपचारिक उट्घाटनसहित संघले ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरेको छ।

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।   सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

नेपाल दलित पत्रकार संघ स्थापना

संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा कमान्डर पोस्ट दैनिकका गोपाल बराइली, महासचिवमा गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल, कोषाध्यक्षमा रेडियो हिमालयका बुद्धि विश्वकर्मा, सचिवमा नेपालवाणी नेटवर्क रेडियोका सन्तोष गन्धर्व छन्।

अनलाइन पत्रकार संघद्वारा निर्देशिका तत्काल खारेज गर्न माग, प्रतिरोध गर्ने चेतावनी

अनलाइन पत्रकार संघले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाका केही बुँदा खारेज गर्न माग गरेको छ।

अनलाइन निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरितः पत्रकार महासङ्घ

काठमाडौं—नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेको भन्दै सच्याउन सरकारसँग माग गरेको छ।

महिला पत्रकारको नौबुँदे घोषणापत्र

काठमाडौं- नेपाल प्रेस युनियन महिला विभागले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसँगै महिलालाई वृत्तिविकासमा समान अवसरका लागि जोड दिएको छ। राजधानीमा शनिबार सम्पन्न विभागको दुईदिने राष्ट्रिय भेलाले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनको मागसहित नौबुँदे घोषणापत्र जारी गरेको छ।

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन आइतबारका लागि स्थगित गरिएको छ। एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण स्थगित गरिएको पार्टी निकट स्रोतले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्