६ पुस २०८१ शनिबार
image/svg+xml

पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बुधबार बिहान ९ बजे आफ्नो धारणा राख्न उद्योग वाणिज्य संघको सभाहलमा राखिएको पत्रकार सम्मेलनस्थलबाटै अध्यक्ष देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

क्लिन फिडको नीतिले पत्रकारलाई पनि फाइदा !

सरकारले क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको एकबर्ष पछि कार्यान्वयनमा ल्याउने जनाएपछि इन्टरनेट तथा केवुल व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् । तर सामाजिक सञ्जालकर्ताहरुले भने सरकारको यस्तो नीतिको भव्य स्वागत गरेका छन् । फेसबुक तथा ट्वीटरकर्ताहरुले सरकारको यस्तो निर्णयको समर्थन गर्दै प्रतिक्रिया जनाएका हुन् । नेपालमा सबै विदेशी च्यानलहरु बिना विदेशी बिज्ञापन देखाउन पाउने प्रावधान नै क्लिन फिड हो । मेरो विचारमा यसले नेपाली बिज्ञापन बजारलाई मात्र होइन सम्पूर्ण अर्थतन्त्रलाई उकास्न ठुलो सहयोग पुराउन सक्दछ । कुनै कुनै विदेशी कम्पनिहरुले नेपालमा बिज्ञापन गर्दैनन् तर उनिहरुको बिज्ञापन विदेशी च्यानलहरूमा आउँछ ।

छ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिकले पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार घोषणा गरेको छ । गत आइतबार बसेको तुवाचुङ साप्ताहिक सञ्चालक समितिको बैठकले जनही १५ हजार राशीको ‘तुवाचुङ पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाईं र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विधेयक पारित भए दुई तिहाई पत्रकार जेलमा हुन्छन्- साउद (भिडियाे)

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक जस्ताको त्यस्तै पारित भए अबको केही वर्षमा दुई तिहाई पत्रकार जेल जाने बताएका छन्।

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर

प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् सो विधेयक फिर्ताका लागि दबाबस्वरुप पत्रकारहरूले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले जानकारी दिए।

चलचित्र पत्रकारसँग प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल प्रेस स्वतन्त्रताको पक्षधर भएपनि अराजकताको पक्षधर हुन नसक्ने स्पष्ट परेका छन् । चलचित्र पत्रकारिताको अवस्था र पत्रकार आचारसंहिता बिषयक अन्तत्र्रिmया कार्यक्रम उनले काउन्सिलमा आचारसंहिता उल्लंघन सम्बन्धीे उजुरीहरुको चाप बढेको उदाहरणसहित पत्रकारमा गैरजिम्मेवारीपना बढेका बताए। श्रेष्ठले अहिलेकै स्वरू र शैलिमा मिडिया काउन्सिल विधयक आउन नसक्ने आश्वासन पनि दिनुभयो ।

विधेयक फिर्ता गर्न माग गर्दै महासंघको हस्ताक्षर संकलन

महासंघले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबारदेखि प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको हो।

प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

संसदमा बोल्न रोस्टममा पुगेको समयमा कांग्रेस सांसदले अवरोध गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्।

पत्रकारलाई पचास प्रतिशत छुट

मुगुको एक यातायात प्रालीले जिल्लास्थित कार्यरत पत्रकारहरुलाई आफना सवारी साधनहरुको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

पत्रकार सडकमा निस्कनुपर्ने बिडम्बना

पत्रकारिताको इतिहास खोतल्नु सहज छैन।किनभने पत्रकारिताको  प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि  पर्याप्त छैन।ऐतिहासिक विषय बस्तु वा जानकारीकै आधार बनाएर पत्रकारिताको बारेमा भन्ने र लेख्न गरिन्छ।विश्वमा आधुनिक पत्रकारिताको प्रमाणिक क्रमबद्ध रुपले १५ औँ शताब्दीमा विजारोपण भएको पाइन्छ।परम्परागत सञ्चार पद्धतिको समयसँगै वि.स.१९०२ को राणाकालिन अवस्था, वि.स.२००७ को प्रजातन्त्र, वि.स.२०१७ को पञ्चायंतकाल, वि.स.२०४७ को प्रजातन्त्रको पुनः स्थापना र वि.स.२०६३ को लोकतन्त्रको अभ्यासपछि नेपालाली पत्रकारिताले स्वस्छन्दता प्राप्त गरेको पाइन्छ।

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन  घोषणा

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ।

लालटिनदेखि सिठ्ठि जुलुस गर्ने महासंघको आन्दोलन घोषणा

नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्