१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

तामिलनाडूमा ट्रक र भ्यान ठोक्किदा नौको मृत्यु

भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ।  यस दुर्घटनामा परी अन्य चार जना घाइते भएका प्रहरीले बिहीबार जानकारी दिएको छ।

राष्ट्रकवि घिमिरेद्वारा मतदान

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले बिहीवार मध्यान्ह लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरे ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

ट्रकको ठक्करले दुईको मृत्यु

सूर्याेदय नगरपालिका–१० फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तनहुँको व्यास नगरपालिका–१ का मोटरसाइकल चालक ३५ वर्षे सरोज पौडेल र मोटरसाइकलमा पछाडि सवार इलाम चमैताकी २४ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ट्रक दुर्घटनामा एकको मृत्यु

जिल्लाको रोङ गाउँपालिका–४, कोल्बुङस्थित मेची राजमार्गमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोडबाट रोलर बोकेर इलाम आउँदै गरेको ना.४ ख ३६९ नम्बरको ट्रक राजमार्गबाट करिब अढाई सय मिटर खस्दा रोलरका चालक पाँचथरको लुङरुपा घर भएका भीम नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीमा ट्रक र जीप ठोक्किदा दुई महिलाको मृत्यु

दाङको लमहीमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका १ ‘नर्ति’मा ट्रकले जीपलाई ठक्कर दिदा ट्याक्सीमा सवार दुई महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।

ट्रक दुर्घटनामा परी  १० को मृत्यु, १२ घाइते

भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्।  माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्रक पल्टदा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गको जुम्ला कालिकोट खण्ड अन्तरगत राचुलीमा ट्रक पल्टदा सडक अवरुद्ध भएको छ । सुर्खेत देखि जुम्ला आउँदै गरको ट्रक राचुलीको उकालोमा पल्टदा सडक ठप्प भएको हो । दिपावलीको लागि सुर्खेत, नेपालगंज र काठमाडौँ हुँदै जुम्ला आउने यात्रु अलपत्र परेका छन्।

ट्रकको ठक्करबाट दुईको मृत्यु

सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग साइड लाइन भेटवार्ता गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्