१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय ट्रकमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका वडा न ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ। सडक नजिकै रोकिराखेको आरजे४२ग ५०२१ र आरजे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ।

दुई ट्रक जुध्दा एकको मृत्यु, तीन घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा शनिबार बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा बम विस्फोट

बाँकेको गनापुरमा रहेको कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा अज्ञात समूहले बम विस्फोट गराएको छ। शुक्रबार राति १२ बजेतिर अज्ञात समूहले बम फिस्फोट गराएको प्रहरीले जनाएको छ।

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई गम्भीर

नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनिट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

राष्ट्रको गौरव र सम्मान

गएको चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् सम्बोधनका क्रममा बग्गीयात्राको समाचारले भाइरल रुप लियो । केही अनलाइन र अखबारहरुले राष्ट्रपति भण्डारीको सम्बोधन कार्यक्रमअघि र पछि रिसल्ला यात्रा भएको र त्यसले सर्वसाधारण सकसमा परेको समाचारको आशय थियो । समाचारमा राष्ट्रप्रमुखको यस किसिमको यात्रालाई निकै निम्नस्तरको भाषा प्रयोग गरिएको थियो ।

धादिङमा ट्रक दुर्घटना,७ जना घाईते

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मालिङ्गामा ट्रक दुर्घटना हुदाँ ७ जना घाईते भएका छन्।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा मंगलबार बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते

काठमाडौंबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई शुक्रबार बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन्।

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसीमा बस र ट्रक आपसमा ठोक्किँदा चालकसहित २ जनाको मृत्यु भएको छ।

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक शनिबार बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन्।

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्