११ मंसिर २०८१ मंगलबार
image/svg+xml

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।

भारतसँग ६ खर्बको व्यापार घाटा

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ। नेपालले वार्षिक झन्डै दस खर्ब व्यापार घाटा बेहोर्दै आएको छ। व्यापार घाटाको दुईतिहाइ दक्षिणी छिमेकी मुलुक भारतसँगमात्र छ।

सेयर घाटामा सरकारलार्इ गाली नगराैं

अर्थमन्त्री युवराज खतिवडाले सेयरमा लगानी गरेर कमाएको नाफा सरकारलाई नदिने, नोक्सान भयो भने त्यही सरकारलाई धारेहात लगाउने बानी बदल्न आग्रह गरेका छन्।नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको दुईदिने धितोपत्र बजार प्रदर्शनीको उद्घाटन सत्रमा उनले सेयरमा घाटा खाँदा सरकारलाई धारेहात नलगाउन आग्रह गरेका हुन।

ठेक्का रद्द हुँदा एक अर्ब घाटा

२०७१ असारमा मुङलिन–नारायणगढ सडक खण्डको बोलपत्र मूल्यांकन प्रक्रिया अन्तिम चरणमा थियो। सडक विभाग सम्झौतामा हस्ताक्षर र काम सुरु गर्ने अन्तिम जबाफको प्रतीक्षामा थियो।

गहुँ बालीमा किसानलाई घाटा

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

माथिल्लो तामाकोसीमा मासिक सवा अर्ब घाटा

लामाबगर (दोलखा) – स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ।

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा

किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन्। आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु ४ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु ४ खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ।

हिट हुँदा पनि ‘पद्मावत’ घाटामा

जनवरी २५ बाट प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको फिल्म पद्मावतले बक्स अफिसमा करिब २ सय करोडको व्यापारनजिक पुगेको छ। तर अझैपनि फिल्म घाटामा छ।

व्यापार घाटा दैनिक पौने ३ अर्ब

मुलुकको वैदेशिक व्यापार घाटा दैनिक पौने तीन अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब रुपैयाँ पुगेको छ । जसलाई दैनिक रुपमा हेर्दा दुई अर्ब ७७ करोड रुपैयाँभन्दा धेरै हुन आउँछ ।

व्यापार घाटा १ खर्ब ८२ अर्ब

देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको ६ महिनामा ३२ गुणा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आर्थिक वर्षमा व्यापार घाटा ३२ गुणा पुगेको हो।

इन्धनमा निगमलाई मासिक ४२ करोड घाटा

नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो ।

भुटानसँग वाणिज्य सन्धि नहुँदा करोडौं व्यापार घाटा

नेपाल र भुटानबीच दुईपक्षीय वाणिज्य सन्धि नहुँदा नेपालले करोडौं व्यापार घाटा बेहोर्दै आउनुपरेको छ । सात लाख ५० हजारमात्रै जनसंख्या भएको भुटानसँगको दुईपक्षीय व्यापार व्यवसायलाई नेपालले ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो।

नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा

उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा व्यहोर्दै आएको छ।

प्राधिकरणको घाटा एक अर्बभन्दा कम

विद्युत् चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत् प्राधिकरणको वार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्