पर्यटन सूचना केन्द्र निर्माण
पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।
पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले ललितपुरमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने घोषणा गरेकी छिन्।
सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएको सूचना संसदमा टाँसिएको छ। एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन्।
राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन्।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना संकलनमा सहयोग गर्ने गरी सबै सरकारी कार्यालयमा आफ्ना सुराकी परिचालन गरेको छ। प्रधानमन्त्री कार्यालय मातहतमा गएपछि राअविले ७७ वटै जिल्लाका सरकारी कार्यालयमा हुने अनियमिता सम्बन्धी सूचना संकलन गर्न सुराकी परिचालन गरेको हो। ‘सबै सरकारी कार्यालयमा अहिले हाम्रा कर्मचारी सूचकका रूपमा गोप्य तबरले खटिएका छन्, उनीहरूले ल्याएको सूचना विश्लेषण गरेर हामीले सम्बन्धित निकायलाई बुझाउने गरेका छौं,’ राअवि स्रोतले भन्यो, ‘पहिला जिल्ला प्रशासन कार्यालयमार्पmत थोरै कर्मचारी खटिएका हुन्थे। अहिले कर्मचारीको संख्या पनि बढाइएको छ कामको दायरापनि बढाइएको छ।’
अमेरिकामा रहेर सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरुको लागि पहिलो पल्ट सूचना प्रविधि समिट भएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको बेला आयोजना गरिएको यस सम्मेलनले सूचना प्रविधि व्यवसायमा रहेका, त्यसमा रोजगारी गरिरहेकासाथै सोही विषयमा अध्ययन गरिरहेका विधार्थीहरु सहभागि भएका थिए।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।
प्रतिनिधिसभाबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकले राष्ट्रिय सूचना आयोगको स्वतन्त्रता र स्वायत्तता खोस्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीले वित्तीय उत्तरदायित्व कायम गर्ने÷गराउने गर्ने दायित्व विभागीयमन्त्री वा राज्यमन्त्री अर्थात् सञ्चारमन्त्रीको हुने उल्लेख छ।
प्रदेशमा सूचना आयोग गठन गर्न राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ। सोमबार विराटनगरमा आयोजित सूचनाको हकबारे प्रदेशसभाका सदस्यस“गको छलफलमा संघीय सूचना आयोगले प्रदेशमा पनि सूचना आयोग गठन गर्न आग्रह गरेको हो।
काननुद्वारा स्वायत्त निकायका रूपमा स्थापित राष्ट्रिय सूचना आयोग सञ्चारमन्त्री मातहतको निकाय बन्ने भएको छ। प्रतिनिधिसभाबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकले राष्ट्रिय सूचना आयोगको स्वतन्त्रता र स्वायत्तता खोसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली १५ दिनै बीचमा उपचारका लागि फेरि सिंगापुर गएका छन्। त्यहाँ उनको उपचार सुरु भइसकेका खबर आएका छन्। पहिलोपटक सिंगापुरबाट फर्कंदै गर्दा प्रधानमन्त्रीले अनौपचारिक विदेश यात्रा (खासमा स्वास्थ्य उपचारबाट फर्केका) भएकाले पत्रकार सम्मेलन गर्न आवश्यक ठानेनन्। तर उनले आफू स्वस्थ रहेको आश्वस्त बनाउने प्रयासचाहिँ गरे। तर उनले आमनागरिकलाई जानकारी गराएजस्तो उनको स्वास्थ्य स्थिति देखिएन। तत्कालै उपचारका लागि जानुपर्ने अवस्थाबारे जनता बेखबर रहे।
सरकारले राजस्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसद्मा प्रस्तुत गरेको ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ।
समय परीवर्तन हुन कति बेर! घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खवर पाउन कुनै समय कि हुलाकी कुर्नु पर्थ्यो कि त आकासवाणी (आवा)। अब न हुलाकीको समय छ न त आवाको।