१२ मंसिर २०८१ बुधबार
image/svg+xml

१० पास गरेर मात्र विदेश अध्ययन गर्न जान नपाइने

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले सोही देशको मुद्रा सटही गरी लानको लागि एनओसी अनिवार्य चाहिन्छ।

पर्यटक प्रहरीबाट दुई सय ७५ विदेशीको उद्धार

पर्यटक प्रहरीले सन् २०१८ को सुरुदेखि हालसम्ममा अप्ठेरोमा परेका दुई सय ७५ जना विदेशी पर्यटकको उद्धार गरेकोे छ।भृकुटीमण्डपस्थित पर्यटक प्रहरी एकाइका अनुसार पर्यटक प्रहरीले उक्त अवधिमा एक सय ८७ पुरुष र ८८ विदेशी महिलाको उद्धार गरेको छ।

प्रधानमन्त्रीले आज आइएलओको शतवार्षिकीमा सम्बोधन गर्ने

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विदेशबाट रित्तो हातः तरकारी खेतीबाट फलिफाप

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ।

सुखी जीवनकोे सपना भताभुंग !

पाकिस्तानबाट बिहे गरी ल्याइएका केही युवतीलाई चीनमा यौनकार्यमा लगाइएको समाचार प्रकाशित भएपछि प्रशासनले उद्धार गरेको थियो।

नयाँ विज्ञापन नीतिले अर्थतन्त्रमा पार्नसक्ने असर

विज्ञापन नियमनको लागि भन्दै सरकारले अघि सारेको ‘विज्ञापन विनिमय विधेयक’ प्रतिनिधिसभामा पुगेको छ। राष्ट्रियसभाले पारित गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास भई कानुन बनेर आएमा नेपालमा प्रसारण हुँदै आएका विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नुपर्ने अवस्था आउने देखिन्छ। यो अवस्थामा १ सय ५० भन्दा बढी विदेशी च्यानल बन्द हुनेछन्। विज्ञापन नीतिले एक त मिडिया बन्द हुने अवस्था आउने भने अर्काेतिर नेपाली अर्थतन्त्रमा समेत असर पार्ने देखिन्छ।

विदेशीसँग बिहे, सुखी जीवनकोे सपना भताभुंग !

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो। सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो।

कराेडाैँ भारतीय रूपैयाँसहित तीन पाकिस्तानी पक्राउ

करोडौँ भारतीय रूपैयाँसहित तीन पकिस्तानीलाई प्रहरीको सहयोगमा त्रिभुवन विमनस्थल भन्सार कार्यालयका कर्मचारीहरूले पक्राउ गरेका छन्। भन्सार कार्यालयका कर्मचारीहरूले उनीहरूलाई झन्डै चार करोड भारतीय रूपैयाँसहित पक्राउ गरेको हो।

अन्तर्राष्ट्रिय बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल

पछिल्लो समय उपत्यका र त्यस आसपासका जिल्लामा बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्। घटना बढेसँग बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकसहित नेपालीसमेत पक्राउ परेका छन्। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

२६ वर्षदेखि श्रीमानको प्रतिक्षा

२६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए।

भक्तपुरमा पर्यटकीय योजनाको खाँचो

भक्तपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने भए पनि जिल्लाले बृहत्तर योजना बनाएर पूर्वाधार विकासमा लगानी गर्नुपर्ने बताए। ‘कुन पर्यटकीय गन्तव्यलाई कसरी विकास गर्ने, एकीकृत योजना आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यको विकास नहुँदासम्म पर्यटक आगमन वृद्धि हुँदैन।’

कालापानीबाट विदेशी फौज हटाउन युवालाई झलनाथको आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमी कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे।

लगानीका लागि नेपाल छनोट गर्न हुन सेनको आग्रह

हुन सेनले कम्बोडियाले विदेशी लगानी भित्र्याएर गरेको प्रगतिको अनुभव सुनाएका थिए। उनले कम्बोडियाका ९५३ आयोजनाहरुमा २३ बिलियन अमेरिकी डलर विदेशी लगानी भित्र्याएको र त्यसबाट हाल १० लाख रोजगार सिर्जना भइरहेको जानकारी गराएका थिए।

विदेशी लगानी ६० प्रतिशत घट्यो

मुलुकको आर्थिक समृद्धिका लागि सरकारले विदेशी लगानी आकर्षित गर्ने बताइरहँदा गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता ६० प्रतिशतले घटेको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षभन्दा यो वर्षको चैतसम्म २२ अर्ब ३८ करोड रुपैयाँ कम विदेशी लगानी प्रतिबद्धता आएको हो।

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण, पर्यटक भित्र्याउन फलदायी : भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्