५ आश्विन २०८१ शनिबार
image/svg+xml

'दरबार हत्याकाण्ड छानबिन गरौं'

डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्याकाण्ड पुनः छानबिन गर्नुपर्ने विषय मन्त्रिपरिषद्मै चर्काे रुपमा उठेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थितिबारे बुधबार विज्ञप्तिमार्फत दिएको सार्वजनिक अभिव्यक्तिका सन्दर्भले बिहीबार मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्यतथ्य अझै सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मन्त्रीहरुले बताएका छन्।

राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा

रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मंलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

मधेस आन्दोलन छानबिन आयोग 'रित्तै'

मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयाजकत्वमा गठन गरेको  उच्चस्तरीय मधेस आन्दोलन छानबिन आयोगमा एउटामात्र उजुरी परेको छ।

द्वन्द्वकालीन घटना छानबिन आयोगकाे म्याद माघमा सकिँदै

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद माघमा सकिँदै छ । यो म्यादभित्र आयोगले थालेका काम सम्पन्न गर्न नसकिने जनाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजाबारे छानबिन जारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कूल अफ मेडिसिन अन्र्तगतको एमबिबिएस कार्यक्रम सातौ समूह २०७३/७४ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा लार्पवाहि गरेको पाइएको छ। मंसिर १५ गते नतिजा प्रकाशन गर्दा विद्यार्थीको रोल नम्बर उत्तरपुस्तिकाको कोड नम्बरसँग नमिलेपछि कोडिङ डिकोडिङमा प्राविधिक समस्या देखाउँदै मंसिर १८ गते विहान प्रतिष्ठानले पुनः नतिजा सार्वजनिक गरेको थियो।

इङल्याण्ड र स्कटल्याण्डमाथी फिफाद्धरा अनुशासनको छानबिन सुरु

विश्वको सर्वोच्च फुटबल सस्था फिफाले इङल्याण्ड र स्कटल्याण्डमाथी अनुशासनको छानबिन सुरु गरिएको जनाएको छ ।

नेतामाथि पनि छानबिन गर्न माग

सत्तारूढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गर्नुपर्नाका कारण शीर्ष नेताहरूले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

फेरि सुस्तायो लडाकु शिविर भ्रष्टाचार प्रकरणको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'लडाकु शिविर भ्रष्टाचार प्रकरणमा' नेकपा माओवादी केन्द्रको नेतृत्वलाई अनुसन्धान दायरमा ल्याउन तोकेको ३० दिनको अवधि कुनै काम नगरी गुजारेको छ। सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विवाद सम्बन्धी मुद्दा पुनरवलोकन गर्ने आदेश गरेकै दिन भदौ ३१ गते साँझ  आयोगले पत्रकार सम्मेलन गरी यस्तो समयसीमा तोकेको थियो।

खेलाडी बेपत्ता प्रकरण छानबिन गर्न समिति गठन

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति गठन गरेको छ ।

छानबिनका लागि पूर्व राष्ट्रपति राजापाक्षेका छोरा पक्राउ

श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

असार ३० मा मृत फेला परेका काभे्र होक्से–६ का १८ वर्षीय अजित ढकाल मिजारको मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरिएको छ। असार ३० गते मिजारको शव धादिङ, गजुरीमा फेला परेको थियो। असार २९ गते काभे्र, पाँचखालस्थित घरबाटै उनी बेपत्ता भएका थिए।

छोराका हत्या भएको भन्दै छानबिन माग

केही दिनअघि शव फेला परेका अजित ढकाल मिजारको योजनाबद्ध हत्या भएको परिवारले आरोप लगाएका छन्। पिता हरिभक्तसहितका आफन्तले सोमबार राजधानीको त्रिवि शिक्षण अस्पतालमा शव  पुनः पोस्टमार्टमसहित घटनाको निष्पक्ष छानबिन माग गरेका छन्।

सिक्टामा उच्चस्तरीय छानबिन समिति माग

नेपालगन्ज-परीक्षणक्रममै भत्किएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरबारे गम्भीर छानबिन गर्न सरोकारवालाले आग्रह गरेका छन्।

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्