४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेक्युरिटी प्रेस काण्डको निष्पक्ष छानबिन हुनुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रकरण एक्लो व्यक्तिको संलग्नतामा सम्भव नभएको बताएका छन्।

निष्पक्ष छानबिनको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन्।

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानबिन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्यु सम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ।

हत्या छानबिन गर्न कांग्रेसकाे माग

नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

गच्छदारसहित १७५ विरुद्ध आरोपत्र दायर

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको अल्झन

भ्रष्टाचारविरुद्ध क्रियाशील संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निम्ति यतिबेला थप अधिकार माग भइरहेको छ। निजी, सहकारी र गैरसरकारी संस्थामा हुने भ्रष्टाचारसमेत छानबिन गर्न पाउनुपर्ने माग उसको छ।

डिपोमा कुहिएको चामल छानबिन गर्न माग

धनगढी हुँदै अदानचुलीको श्रीनगर डिपोमा तीन सय क्विन्टल चामल पुगेको थियो। त्यसमध्ये स्थानीयलाई वितरण गरिएको सय क्विन्टल चामल कुहिएको भेटिएको छ।

छानबिनमा मन्त्रालयकै असहयोग

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा जानेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय फाइल अहिलेसम्म दिन सकेको छैन।

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

धर्म प्रचारको स्वीकृति दिने कर्मचारीमाथि छानबिन हुने

सामाजिक सेवाका नाउँमा आएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)ले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको छ।

तीव्रगतिका कारण नरपानी दुर्घटनाः छानबिन समिति

तीब्रगतिका कारण अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

बागेश्वरी मन्दिरको जग्गा छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा छानबिनसम्बन्धी प्रतिवेदन शनिबार सरकारलाई बुझाइएको छ। मन्दिरको ८४ बिघा जग्गा व्यक्तिका नाममा रहेको तथ्य नागरिक दैनिकले सार्वजनिक गरेपछि सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले करिब तीन महिनाअघि छानबिन थालेको थियो।

कोही आएनन् सद्भाव र्‍यालीमा

स्कुले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दल, प्रतिनिधिसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्तसहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।

अर्घाखाँची दुर्घटनाको कारण पत्ता लगाउन, छानबिन समिति गठन

सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति

वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्