५ आश्विन २०८१ शनिबार
image/svg+xml

वैदेशिक रोजगारीमा दोधारे नीतिः सरकार डेढ लाख लिने, निजीलाई निःशुल्क

मलेसिया र खाडी मुलुक जाने श्रमिकसँग म्यानपावर कम्पनीले सेवा शुल्कबापत १० हजार रूपैयाँभन्दा बढी रकम लिए गैरकानुनी मानिन्छ। सेवा शुल्कभन्दा बढी रकम तिरेको प्रमाण पेस गरे विभागले त्यस्ता म्यानपावरलाई कारबाही गर्ने कानुनी व्यवस्था छ।

मलेसियामा खोटाङका रनबहादुरको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर बिष्टको मृत्यु भएको छ।

वैदेशिक रोजगारः अनिच्छित गर्भ रहेर हुने मानसिक तनाव कम गर्न दम्पतिबीच सल्लाह

‘श्रीमानसँग परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे सल्लाह गरेको छु’, उनले भनिन्, ‘उहाँ आउनुभन्दा केही अगाडि अस्थायी साधन प्रयोग गर्छु।’

हवाई उडान नहुँदा मलेसियामा अड्किए ५२ शव

रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर परिवार निकै पीडामा रहने गरेका छन्। वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी घरसम्म गर्ने व्यवस्था गर्ने गरेको छ।

सय कामदार विदेश नपठाए पनि म्यानपावर नवीकरण हुने

सरकारले तीन वर्षअघि वैदेशिक रोजगारीमा लगातार हरेक वर्ष कम्तीमा एक सय कामदार पठाउन नसक्ने म्यानपावरको दर्ता खारेज हुने व्यवस्था गरेको थियो। त्यतिखेर नै म्यानपावरको धरौटी (नगद र बैंक ग्यारेन्टीसहित) ३० लाख रूपैयाँबाट वृद्धि गरी पाँच करोड रूपैयाँसम्म राख्नुपर्ने कानुनी व्यवस्था गरेको थियो।

मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ।

खोप नलगाई विदेशमा रोजगारी कठिन

दक्षिण एसियाका जुन मुलुकमा खोप छिटो उपलब्ध हुन्छ, तिनै मुलुकका कामदारले विदेशमा रोजगारी पाउने सम्भावना देखिएको व्यवसायी बताउँछन्।

वैदेशिक रोजगारी : अलमलमा पुनर्एकीकरण योजना

नेपालबाट रोजगारीको अवसर खोज्दै वार्षिक करिब पाँच लाखको संख्यामा बिदेसिन्थे। आर्थिक वर्ष २०७६/७७ को १० महिनामा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर एक लाख ९३ हजार आठ सय ८० नेपाली बिदेसिएका थिए भने चालु आवको सोही अवधिमा ७७ हजार १२ जना बिदेसिएको राष्ट्र बैंकले जनाएको छ।

दुई वर्षमुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने

सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमति लिनु पर्ने प्रस्ताव पारित गरेको छ।

वैदेशिक रोजगारीलाई खोपको अवरोध

संयुक्त अरब इमिरेट्स र कुवेतले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् भने साउदी अरेबिया, ओमान, बहराइन पनि सोही बाटोमा अघि बढेको व्यवसायीले बताएका छन्।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई क्वारेन्टिन खर्च दिने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले१० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकः पाँच महिनामा २७७ जना देशनिकाला

विश्वका सबैजसो देशमा विदेशी नागरिकले प्रचलित कानुनविपरीत काम गरेको खण्डमा तिनलाई देशनिकाला गर्ने चलन हुन्छ।

वैदेशिक रोजगारः बिदेसिने घटे, निधनको संख्या उस्तै

कोरोना महामारीका कारण एक वर्षदेखि वैदेशिक रोजगारीमा जानेकोे संख्या घटे पनि विदेशमा ज्यान गुमाउनको संख्यामा गिरावट आउन नसकेको पाइएको छ।

वैदेशिक रोजगारीः तीन मन्त्री फेरिए, प्राथमिकतामा परेन पुनर्एकीकरण

पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी बनाउन थालिएको पुनर्एकीकरण सम्बन्धी निर्देशिका दोस्रो लहरको कोरोना नियन्त्रणउन्मुख हुँदा समेत तयार हुन सकेको छैन।

वैदेशिक रोजगारी : महिलामाथि सधैँ विभेद

मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, कुवेत, बहराइन, लेबनान र मलेसियामा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष तोकेको छ। इजरायलमा केयरगिभरमा जान भने २५ वर्ष पुगेको हुनुपर्ने नियम बनाइएको छ। जब कि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्