२ मंसिर २०८१ आइतबार
image/svg+xml

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ।

कुरुवाले पिटे अस्पतालका महिला सुरक्षा गार्ड

अस्पतालको सुरक्षामा खटिएकी वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो। अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आपूm माथि कुटपिट भएको निर्मलाले बताइन्। उनलाई मंगलबार सञ्जु लामा र उनीसँगै आएका एक पुरुषले कुटपिट गरेको अस्पतालले जनाएको छ।

कांग्रेस नेताको नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याउने सरकारको निर्णय

सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

करले पढ्दै नर्सिङ, अवसरको खोजीमा विदेश

नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न गारो हुन्छ ।

पूर्वयुवराज पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ। उनको राजधानीको नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ। सोमवार दिउँसो ललितपुरको हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका पारसलाई छातिमा असहज महसुस भएपछि दिउँसो ४ बजेतिर नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे।

कोइरालाद्वय नामका अस्पताल संघ मातहत ल्याउन माग

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला स्वासप्रश्वास अस्पताललाइ संघीय सरकार मातहत नराखीएको बिषयले प्रदेश ५ को सदनमा प्रवेस पाएको छ। आइतबारको संसद् बैठकमा विशेष समयमा बोल्ने प्रतिपक्ष सासंदले उस्तै प्रकृतिका ९ वटा अस्पताललाई संघ मातहत राखेर विस्तारको योजना ल्याउदा यी दुई अस्पताललाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै प्रदेशसभामार्फत केन्द्र सरकारलाइ निर्णय सच्याउन माग गरेका हुन्।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

सरकारको प्राथमिकताा छैन सुशिल कोइराला क्यान्सर अस्पताल

बाँकेमा सञ्चालित 'सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल' ले एक सय सैय्याको स्वीकृती पाएको छ। अस्पतालले ५९ शैड्ढयाबाट पनि मुस्किलले सेवा दिईरहेको छ। अस्पताललाई करिव २५ जना विशेषज्ञ चिकित्सकसहित कुल २ सय ५ जना जनशक्ति आवश्यक छ, तर नेपाल सरकारले अहिलेसम्म अस्पताललाई आवश्यक जनशक्ति दिन सकेको छैन। करारसहित करिव ३५ जना कर्मचारीले अस्पताललाई धानेका छन्।

स्वास्थ्य मन्त्रालयद्वारा प्रगति विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। जसमा सप्तरीमा रहेको आरपी सिंह अस्पताल र सप्तरीमा निर्माणाधीन गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृति गराइसकेको उल्लेख छ। यीमध्ये गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठान बनाउन जग्गा प्राप्त भइसकेको र कानुन निर्माण गर्ने कार्यसमेत भइरहेको छ। मन्त्रालयले यसअघि नै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि एकीकृत ऐन निर्माण गरिसकेको छ।

अस्पताल विघटनको विरोधमा धर्ना

बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारको मातहतमा नराख्ने निर्णयको विरोधमा नेपाली कांग्रेस बाँकेले सशक्त रूपमा आन्दोलन अगाडि बढाएको छ। सोही विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक पनि अवरोध गर्दै आएको छ।

संघ वा प्रदेशमा राख्नेबारे टुंगो नलगाई मन्त्रालयमै फिर्ता

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघ वा प्रदेश कुन अन्तरगत राख्ने भन्ने विषय नटुंग्याई मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव फिर्ता गरेको छ। मन्त्रिपरिषद्ले ९ ओटा अस्पतालाई मात्र संघअन्र्तगत राखेर ती दुई अस्पतालको विषयमा कुनै पनि निर्णय नगरी प्रस्ताव मन्त्रालयमा फिर्ता गरेको हो।

निर्णय फिर्ता लिन बाँकेवासीको माग

कांग्रेस नेताका नामसँग जोडिएका अस्पताललाई संघीय सरकार मातहत नराख्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि त्यसको विरोध हुँदै आएको छ।

कतै बजेटै छैन, कतै सदुपयोग छैन

निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन। सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला।

कतै जनशक्ति छैन, कतै उपकरण

सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ। पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको छ।

ख्वपः अस्पताल निर्माण सुरु

भक्तपुर नगरपालिकाले अस्पताल निर्माणको काम थालेको छ। भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित च्याम्हासिंह जनस्वास्थ्य केन्द्र नजिकै जग खन्ने काम भइरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्