३ मंसिर २०८१ सोमबार
image/svg+xml

वीर अस्पतालमा कमिसनकाे खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । क्यान्सरका बिरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट–६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ । त्यसयता वीरका बिरामी महँगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन् ।

कुकुरले खायो अस्पतालभित्रको बिरामी

भारतको मध्य प्रदेशको एक सरकारी अस्पतालमा कुकुरले ७० वर्षीया वृद्ध महिलालाई खाएको छ । यो भारतको मध्य प्रदेशमा पछिल्लो १० महिनामा घटेको १५ औँ आश्चर्य घटना मध्येको एक हो ।

हुस्सुका कारण खानीडाँडाको उडान प्रभावित, अस्पताल हिँडेका बिरामी मारमा

बाक्लो हुस्सु र तुवाँलोका कारण हप्ता दिनदेखि खोटाङको खानीडाँडा बिमानस्थलको उडान प्रभावित भएको छ। कुहिरोजस्तो देखिने बाक्लो कुहिरो र तुवाँलोका कारण खानीडाँडामा गत मंगलबार यताको उडान प्रभावित भएको हो।

१० महिना पछि खुल्यो गोरखा अस्पतालमा फार्मेसी

५० शैयाको गोरखा अस्पतालमा १० महिना देखि बन्द फार्मेसी सुचारु भएको छ । कर्मचारीले आर्थिक अपचलन गरेपछि गत असारदेखि बन्द रहेको अस्पताल फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रवार पुनः शुभारम्भ गरेका हुन् ।

अश्रुग्यासले सडकमै ढलेपछि कोमल ओली अस्पताल भर्ना

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

सिन्धुली अस्पतालमा ८९ प्रकारका औषधि निशुल्क

जिल्ला अस्पताल सिन्धुलीले अब ८९ प्रकारका औषधि निशुल्क दिने भएको छ । जिल्लाको माग र अवस्थालाई मध्येनजर गरी यस्तो निर्णय गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

घाउको उपचार गर्न चार वर्षपछि अस्पताल

खुट्टाको घाउले थलिएको चार वर्षपछि खोटाङको बाक्सिला–८ चोखुमकी २८ वर्षीया सबिना राई अस्पताल पुगेकी छन् । देब्रे खुट्टाको पैतालामा आएको घाउले थलिएको लामो समयसम्म ओछ्यानमै थलिएकी सबिनालाई आफन्त तथा शुभेच्छुकको सहयोगमा अस्पताल लगिएको हो ।

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ।

जिल्ला अस्पताल अझै टेन्टमा

ठिहीमा टेन्टभित्र शीतले भिझ्ने बिरामी हिउँदमा पसिनाले रुझ्छन्। सबैखाले बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे परेको  छ।

कोहलपुरमा १५ शैयाकाे नयाँ अस्पताल

कोहलपुरमा जय बागेश्वरी पोलिक्लिनिक एण्ड डाईग्नोसिष्ट सेन्टर अस्पताल स्थापना भएको छ। गरिब र ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै पोलिक्लिनिक संचालनमा आएको हो।

कुरा निःशुल्क मोबाइल अस्पतालको

स्वास्थ्य शिविर प्रचारात्मक हुन्छन्, त्यसबाट खासै बिरामीले लाभ पाउँदैनन् । यो त केवल प्रचारप्रसार तथा रमाइलोमात्र हो । चिकित्सक एवं चिकित्साकर्मीको उत्सव हो भन्ने पनि नसुनेको होइन । कहिलेकाहीँ धेरै प्रचारप्रसारले त धेरै स्यावासी पनि प्राप्त हुन्छन् । निःशुल्क शिविर एक पुण्य काम, सधैँ गर्नुपर्छ । मेरो क्षेत्रमा पनि गरिदिनुपर्छ डाक्टरसाब, आदि÷इत्यादि चर्चा पनि सुनिएकै हुन्।

भ्यागुतोको अस्पतालले पाएन भवन

अस्ट्रेलियाको एक मात्र भ्यागुताको अस्पताल 'द कायर्न्स फ्रग हस्पिटल' फेरि सार्नुपर्ने भएपछि संचालकलाई भवन पाउन कठिन भएको छ।

भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी

अठार बर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर काम गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ।

सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल निर्माण गरिने

क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ।

लगातार बान्ता भएपछि उपराष्ट्रपति पुन अस्पताल भर्ना

उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थमा समस्या आएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्। लगातार बान्ता भएपछि आइतबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्