३ मंसिर २०८१ सोमबार
image/svg+xml

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: मन्त्री थापा

स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन्।

गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौं वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ।

नेता पुन अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। उच्च ज्वरो आएपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको हो। नेता पुन हाल नर्सिङ केयरमा रहेका उनको परिवारले जनाएको छ।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ।

नवजात शिशुको ज्यान गएपछि पाटन अस्पतालमा तनाव

डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।

अस्पतालबाटै नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो एउटा नवजात शिशु गायब भएपछि अस्पताल दिन भरी तनावग्रस्त भएको छ। शिशुलाई एक जना महिलाले चोरेर लगेको खुल्न आएको छ। आफन्तहरु घरी रुवावास गर्दै थिए घरी होहल्ला। ‘मलाई कुनै पनि हालतमा मेरो नाति चाहियो,’ शिशुको हजुरआमा रमावति देवीले प्रहरीलाई भनिन्, ‘यसमा अस्पतालको लापारवाही छ कि मिलोमतो तपाईहरु पत्ता लगाउनुस्, हामीलाई बच्चा चाहियो।’

अस्पतालमा पानी अभाव

जिल्ला अस्पताल पाल्पामा खानेपानीको समस्या भएको छ। खानेपानीको अभाव हुँदा अस्पतालका बहिरङ्ग सेवाग्राही र भर्ना भएका बिरामीसमेत बोतलको पानी किनेर खान बाध्य भएका छन्। अस्पतालमा डाक्टर भाष्कर हुमागाईंले अस्पतालमा पानीको अभावमा ल्याa सञ्चालन र बिरामी भर्नामा समस्या परेको बताए।

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

पूर्वराष्ट्रपति डा यादव केही दिन अस्पताल बस्ने

पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना हुुनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

पूर्वराष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। दुई सातादेखि दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज भर्ना भएका हुन्।

पूर्व राष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

पूर्व राष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई सातादेखि तारन्तार दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्