३ मंसिर २०८१ सोमबार
image/svg+xml

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ।  दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन्। जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन्।

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो।

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ।

सरकारी अस्पतालका निजी औषधि पसलमा सिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको हातामा सञ्चालित निजी औषधि पसलमा स्थानीय प्रसाशनले सिलबन्दी गरेको छ । कहिले आदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाबजस्ता हथकण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटरमा सिलबन्दी लगाइएको हो ।

सरकारी अस्पतालका निजी औषधि पसलमा शिलबन्दी

वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको हातामा संचालित निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले सिलबन्दी गरेको छ। कहिले अदालतको निषेधाज्ञा, कहिले बल प्रदर्शन, कहिले हडताल र कहिले राजनीतिक दबाव अनेक हत्कण्डा अपनाई सम्झौता सकिएर पनि कब्जामा पारिएको १६ वटा सटर सिल गरिएको हो।

अस्पतालबाट १ घण्टा बाहिर निस्किए नर्स

विभिन्न माग राख्दै बुधवारदेखि सुरु भएको नर्सहरुको आन्दोलन शुक्रवार पनि जारी रह्यो। शुक्रबार पनि देशभरका नर्सहरु एक घण्टा अस्पतालमा ड्युटी छोडेर बाहिर निस्केका थिए। ‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले भनिन्। नर्सहरुले विभिन्न ११ सुत्रीय मागहरु राखेका छन्।

सप्तरीका अस्पतालमा औषधी अभाव

सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।

डा. केसीलाई शिक्षण अस्पताल लगियो

सर्वोच्च अदालतले तारेखमा रिहा गर्ने आदेश दिएपछि प्रा डा गोविन्द केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ। प्रधानन्यायाशीध गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनशन बस्ने प्रा डा केसीले जानकारी दिएका छन्।

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ।  दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।

डा. केसीलाई वीर अस्पताल लगियो

२४ घण्टाअघि पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले वीर अस्पतालमा पुर्याएको छ। अनसनरत डा केसीको स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीले उनलाई वीरमा पुर्याएर भर्ना गरी छाडेको हो।

जाजरकोट अस्पतालमा औषधीको अभाव

चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको छ। जिल्ला अस्पतालमा औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन्।

अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

एक वर्षअघि जिल्ला अस्पतालमा एमडिजिपी विशेषज्ञ नियुक्ति भएपछि मुगाली जनता निकै खुसी भएका थिए । तर उनीहरुको खुसी धेरै लामो समयसम्म टिकेन । गत कात्तिक २७ गते एमडिजिपी विशेषज्ञ डा. जितेन्द्र कँडेलले जिल्ला छोडेर गएपछि जिल्ला अस्पताल पुरानै अवस्थामा फर्किएको छ । त्यसपछि मुगाली जनता फेरि चिकित्सक अभावमा छन् ।

खोटाङ अस्पतालको लिलाम प्रकरण ढाकछोप गरिदै

जिल्ला अस्पताल खोटाङले करोडौंको उपकरण सस्तो मूल्यमा लिलाम गरिएको घटनालाई ढाकछोप गरिएको छ । जिल्लाका ७२ अस्पताल र ४० वटा जनस्वास्थ्य कार्यालय उपकरण २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानविन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले ‘फल्ट’ नदेखिएको प्रतिवेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरणलाई सामसुम बनाइएको छ ।

लहानमा क्यान्सर अस्पताल बनाइने

सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ।  लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वरिष्ठ न्यूरोसर्जन देवकोटा लन्डनमा अस्पताल भर्ना

पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा लण्डनस्थित एक अस्पतालमा भर्ना भएका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार नियमित उपचारको क्रममा उनी अकस्मात विरामी परे पछि अस्पताल भर्ना गरिएको हो। देवकोटाको लण्डनको लकिंग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्