बजेटबारे महतोले भने : यसले संघीयतालाई असफल बनाउँछ
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन्।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गरेका छन्।
राष्ट्रिय जनता पार्टीले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत गरि र कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ। प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए।
देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्।
लोकसेवा आयोगले स्थानीय तहका लगि सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। साथै परीक्षाको पाठ्यक्रममा केही परिमार्जन गरी संघीयतासम्बन्धी विषय समेत राखिएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन्।
कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन्। पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्र्तगत आइतबार काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधि संघीयता र संविधानविपरीत रहेको दाबी गरेका हुन्।
कार्यक्रममा प्राध्यापक पी. खरेलले संवैधानिक व्यवस्था बाहिर गएर ल्याइने कुनै पनि ऐन कानुन मान्य नहुने बताउँदै संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता राख्नुपर्दथ्यो भन्ने बताए।
संघीयतासँगै अधिकांश सेवा स्थानीय तहमा विकेन्द्रित भए पनि नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गाउँमै पुगेर नागरिकतासम्बन्धी सेवा प्रदान गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।
राष्ट्रिय गौरवका आयोजना उत्साहजनक ढंगले सुरु हुन्छन्। त्यसले देशको आर्थिक विकासमा टेवा पु-याउने लक्ष्य लिएको हुन्छ। आयोजना सुरुवात हुँदा जनतामा त्यसले एउटा नयाँ उत्साह र जोस दिएको हुन्छ। तर, समयक्रमसँगै आयोजना कहिले सकिने हो भनेर प्रश्न सुरु हुन थाल्छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी, नेपाल देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
संघीयता कार्यान्वयनसँगै गठन भएको प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गर्न थालेपछि दुई सरकारबीच सुरुदेखि नै टकराव देखिँदै आएको छ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथिको संकट अझै कायमै रहेको बताएका छन्। सघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले आइतबार एक कार्यक्रममा बोल्दै संघीय गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाउन अहिले पनि विभिन्न शक्ति केन्द्रहरु सक्रिय रहेको खुलासा गरे।
देश संघीयतामा गएसँगै विकासका योजना तय, निर्माण र रेखदेखको सोही अनुसार बाँडफाँट हुन थालेको छ। नयाँ योजना अनुसार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि निर्माण भएका कुल सडकमध्ये १५ हजार किलोमिटर मात्र जिम्मा लिने जनाएको छ।