१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हावाहुरीले साढे ४ करोडको केरा खेती नोक्सान

कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

बसाइँसराइका कारण  बाँझिदै खेतीयोग्य जमिन

बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।

दुर्गम गाउँमा अफिम खेती मौलायाे

नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्।

निर्धन उत्थान बैंकको तरकारी खेती तालिम

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ३० जना ग्राहक सदस्यको सहभागितामा गत २७–२९ गतेसम्म मुगुको गमगढीमा ‘व्यावसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ । उक्त तालिम निर्धन र सक्षमको संयुक्त पहलमा सञ्चालन गरिएको थियो।

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

कृषि क्षेत्रलाई प्रबर्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन्।

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।

असिनापानीले २० करोडको केराखेती सखाप

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाई अन्त्य गर्ने घोषणा गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय 'एएफयू'को पहिलो दिक्षान्त समारोहमा सहभागी हुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले भीरको बसाई जोखिमयुक्त रहनुका साथै विकासको बाधक भएको बताए।

केरा खेती नष्ट गरेको आरोपमा पाँच जना पक्राउ

कालिका नगरपालिका वडा नम्बर ६ मा लगाइएको केरा खेती नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले कालिका नगरपालिका १ का २३ वर्षीय डेढे भन्ने मनिष बहादुर गुरुङ, २३ वर्षीय अर्जुन गहतराज, कालिका ३ का २८ वर्षीय गोपाल परियार, २२ वर्षीय सुजन लोप्चन र कालिका ५ का १८ वर्षीय उमेश माझीलाई पक्राउ गरेको हो।

अज्ञात समूहबाट केरा खेती नष्ट

कालिका नगरपालिका–६ भटेनीमा गरिएको केरा खेती अज्ञात समूहले काटेर नष्ट गरिदिएको छ । कालिका नगरपालिकाका–१२ का किसानले लगाएको करिब तीन हजार केराका बोट काटेर नष्ट गरिदिएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए।

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

दक्षिण ललितपुरको ग्रामीण बस्तीमा व्यावसायिक कफीखेती वैकल्पिक आम्दानीको गतिलो स्रोत बन्न थालेको छ। विगतमा कोदो र मकै खेती मात्र गर्दै आएका यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन्।

माटोबिना नै तरकारी खेती !

यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाएका हुन्।

डाँलेचुकको व्यवसायिक खेतीमा जोड

डोल्पाका वनमा सहजरुपमा पाइने सिबक्थ्रोन (डाँलेचुक)को व्यवसायिक खेती गरे आर्थिक उपार्जनको राम्रो स्रोत बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

श्रीमानले बिदेशबाट पठाएको पैसाले व्यावसायिक तरकारी खेती

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी दुर्गा बस्नेतका श्रीमान कतारमा छन्। श्रीमानले कतारमा मासिक ५० हजार आम्दानी गरिरहदा दुर्गाले पनि तरकारी खेतीबाट घरैमा मासिक २०–२५ हजार आम्दानी गर्ने गरेकी छन्।

किसानलाई न मुआब्जा न खेती

सशस्त्र प्रहरीले तत्कालीन सशस्त्र द्वन्द्वकालमा हडपेर क्याम्प बसालेको साँफेबगरस्थित जग्गाका किसानले न उचित मुआब्जा पाएका छन् भने नत खेती गर्न सकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्