२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा ताला

खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्।

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ।

अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द

अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ। बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो।

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरु

नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत गरेको छ। धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य सुरु गरेको हो।

दशैँमा बन्दीपुरमा केबुलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो।

सयौँ विद्यार्थी थला परेपछि विद्यालय बन्द

विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ। ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।

बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो।

१६ महिनादेखि शिक्षक दरबन्दी रिक्त, बल्ल थालियो नियुक्ति प्रकृया

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तिको प्रकृया थालिएको छ। लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्।

बचत क्षमतामा ह्रास

कोभिड–१९ का कारण लामो समयसम्म भएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र त नराम्ररी बिग्रिएको छ नै, त्यसैका कारण सामान्य नागरिकको जीवनयापनको सवालसमेत नराम्ररी खल्बलिएको छ । कोभिड–१९ कै कारण अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरहरूको दैनिकी कष्टकर बन्यो भने अन्य विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू पनि रोजगारी गुमाउन बाध्य भए । एकातिर आम्दानीको स्रोत खुम्चियो भने अर्काेतिर दैनिक जीवनयापनका लागि आवश्यक सामग्री खरिदको खर्चमा कुनै कमी आएन ।

सीमा बन्द हुँदा तंग्रिएन पर्यटन : व्यवसायी

कोरोना संक्रमणको महामारीबाट प्रभावित देशको होटल तथा पर्यटन व्यवसाय पुनः तंग्रिन सक्ने सम्भावना प्रचूर भए पनि सीमासम्बन्धी सरकारको नीतिका कारण यसमा बाधा परेको होटल व्यवसायीको ठहर छ।

भरुवा बन्दुकसहित दुई पक्राउ

भरुवा बन्दुक लुकाईराखेको अवस्थामा उदयपुरका दुई स्थानीय पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ८ सिसौली सानो खैरेनी टप्पुमा बन्दुक लुकाएर राखेको आरोपमा उनीहरु प्रहरी नियन्त्रणमा परेका हुन्।

गुटबन्दीले थिलथिलो कांग्रेसः देउवाको भागमा अपजस मात्र

तेह्रौं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे। सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउनेछु।’ गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँचवर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ।

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्