९ आश्विन २०८१ बुधबार
image/svg+xml

सत्ता र चुनावमा सहकार्य गर्न ठाकुरलाई देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न र सत्ता गठबन्धनमा आबद्ध हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग प्रस्ताव गरेका छन्।

जबराविरुद्धको महाअभियोग प्रस्ताव नागरिकको अभिव्यक्ति हो: सांसद रिजाल

‘विकृतिको प्रतिनिधिपात्र द्योतक पात्र हुनुहुन्छ । उहाँजस्तै आशंका गरिएका अन्य पात्रका विषयमा पनि गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘महाभियोग ठिक छ, उपयुक्त छ। नागरिकको अभिव्यक्तिको आवाज हो।’

वीर अस्पतालमा बेड र क्याबिन मिलाइदिने बिचौलियाको बिगबिगीः सांसद प्रधान

नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले वीर अस्पतालमा सेवाग्रहीहरुले विभिन्न किसिमका अड्चन र समस्याहरु व्यहोर्नुपरेको बताएका छन्।

कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको छ: प्रदिप पौडेल

उनले भने, 'टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ।' देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन एक हुनुपर्छ: नेता कोइराला

उनले भने, 'सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।' तालमेल गरेर निर्वाचनमा जाँदा काँग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ।

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।

नागरिकता विधेयक पारित भएसँगै मधेसका जनतामा खुशी छाएको छः डा. कोइराला

गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए।

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छः डा. कोइराला

'सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ।'

हामी उल्टो बाटो हिँडिरहेका छौँ: गगन थापा

‘हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ। हाम्रो संविधानले अनुसूची ९ मा शिक्षा तीनै तहको सरकारको अधिकार हो भन्यौँ। अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो। संविधानले यी सबै व्यवस्था गरिसकेपछि हाम्रो यात्रा अघि बढाउनुपर्ने काममा हाम्रो संघीय विश्वविद्यालय थिए, छन्।'

गलत तथ्यांकका कारण देश अधोगतितर्फ गयोः मिन विश्वकर्मा

राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने।

नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छः गगन थापा

‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं।’

विकासका लागि मेरो मिसन राजनीति: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्।

विपीको सिद्धान्त छोड्दैनौँ: नेता पौडेल

'मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,'

कांग्रेसद्वारा प्रमुख सचेतक र सचेतक मनोनीत

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। चित्रलेखा यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा मिन केन्द्रीय सदस्य छन्।

आगामी निर्वाचनमा पनि तालमेल गर्ने

नेपाली कांग्रेसले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्ता साझेदार राजनीतिक दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्