२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव नागरिकको अभिव्यक्ति हो: सांसद रिजाल

नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव नागरिकको अभिव्यक्तिका रुपमा आएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा जबरामाथिको महाअभियोग प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले भने, ‘विकृतिको प्रतिनिधिपात्र द्योतक पात्र हुनुहुन्छ। उहाँजस्तै आशंका गरिएका अन्य पात्रका विषयमा पनि गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘महाअभियोग ठिक छ, उपयुक्त छ। नागरिकको अभिव्यक्तिको आवाज हो।’

‘सक्दा जेसुकै गर्ने धम्क्याउने, लेनदेन गर्ने, नसक्दा लम्पसार परेर टीका ग्रहण गर्ने न्यायपालिकाको नेतृत्व भएको हो, व्यवहारमा लम्पट भएको हो, यो प्रवृृत्तिको अन्त्य हुनैपर्दछ,’ सांसद रिजालले थपे।

प्रकाशित: २२ श्रावण २०७९ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App