१७ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री कार्यालयमै लाइसेन्स ‘सेक्युरिटी अडिट’

प्रधानमन्त्री पुष्पकमल दाहालका निजी आइटी विज्ञ प्रकाश रायमाझीले यातायात विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टमको ‘सोर्स कोड’ माग गरे।

छानबिन गर्ने महानिर्देशकलाई नै स्पष्टीकरण

अवैध ढंगले १ लाखभन्दा बढी लाइसेन्स जारी भएको भन्दै अनुसन्धान गराउने यातायात विभागका महानिर्देशक उद्धव रिजाललाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।

‘सिटीईभिटी’ को विशेष मौका परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी) ले २०७२/७३ सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका विद्यार्थीलाई विशेष मौका परीक्षाको अवसर दिने भएको छ।

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

मालपोत कार्यालयको राजस्व वृद्धि

मालपोत कार्यालय बैतडीको राजस्व अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८ सय ३१ रूपैयाँ बढेको कार्यालयले जनाएको छ।

जनसत्ताका रजिस्ट्रेसनले जनतालाई सास्ती

माओवादी सशस्त्र द्वन्द्वकालमा तत्कालीन जनसत्ताले गरिदिएको जग्गा किनबेचको रजिस्ट्रेसन पासले वैधानिकता नपाउँदा जनता सास्तीमा परेका छन् । २०६० सालमा घर्तीगाउँ १ बस्ने ३० वर्षीय टेकबहादुर दमाईंले ५० हजारमा किनेको घरसहितको जग्गामाथि अहिले जिल्ला अदालत रोल्पामा मुद्दा चलिरहेको छ । ‘उतिबेला हामीले पास गरिदिए भइहाल्छ भनेर माओवादीले गाउँमै जग्गा पास गरिदियो अहिले आएर मुद्दा प¥यो,’ तत्कालीन जनसत्ताले दिएको लालपुर्जा बोकेर अदालत आएका टेकबहादुर दमाईंले भने, ‘काठमाडौंको इँटाभट्टामा काम गरेर कमाएको २० हजार र ऋण गरेको ३० हजारले जग्गा किनेको हुँ । त्यसपछि पनि इँटा बोकीबोकी ऋण तिरें । आज १३ वर्षपछि आएर मुद्दा पर्याे ।’

रजिस्ट्रेसनविनै नर्सिङ पढाइ

विद्यार्थी भर्ना भएको तीन वर्ष बितिसक्दा पनि  पूर्वाञ्चल विश्वविद्यालयले रजिस्ट्रेसन नगरेको भन्दै  बौद्धमा रहेको स्तुपा(नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स) कलेजका नर्सिङका विद्यार्थी आन्दोलनमा उत्रे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्