८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहकारीमा पाँच लाखकाे चोरी

भरतपुर महानगरपालिका वडा नम्बर १२ को प्रभात दिदि बहिनी बचत तथा ऋण सहकारीमा चोरी भएको छ। गए राती झ्यालको ग्रिल बङ्ग्याएर सेफमा राखिएको पाँच लाख रुपैयाँ चोरी गरिएको हो।

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

संघीय सरकारले करिब ३२ हजार सहकारी स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सहकारी ऐनमा नियमन गर्ने अधिकार तीनै तहका सरकारलाई प्रदान गर्ने नीतिगत व्यवस्था गरेसँगै सम्बन्धित सरकारलाई सहकारी जिम्मा लगाइएको हो।

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

ओरेन्टल सहकारीका बस्नेत रिहा

ओरेन्टल बचत तथा ऋण सहकारी संस्थामार्फत अर्बौं ठगी आरोपमा जेल चलान भएका सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतमा धरौटी बुझाएर बस्नेत सोमबार रिहा भएका हुन्।

पुस्तकमा सहकारी अनुभव

लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धी र समृद्धिका कथाहरु समेटेर नया“ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी :अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् । पुर्व उद्योगमन्त्री बडालले पुस्तकमा अष्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरि देशको अनुभवलाई समेटेका छन्।

सहकारीे अभिलेख हस्तान्तरण

खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । राज्यको पुःर्नसंरचनासँगै अधिकांश कार्यालयलाई स्थानीय सरकारको मातहतमा लैजानेक्रममा नेपाल सरकार कृषि भूमी व्यवस्था तथा सहकारी व्यवस्थापन सहकारी बिभाग डिभिजन सहकारी कार्यालय उदयपुरले जिल्लामा सञ्चालनमा रहेका १२६ सहकारीको अभिलेख दुई नगरपालिका र आठ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

सहकारीलाई बजेटमा होइन, नीतिमा प्रोत्साहन

निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवराज खतिवडाले सहकारीलाई प्रोत्साहित गर्ने नीति लिएका छन् । आगामी आर्थिक वर्ष ०७५- ७६ को बजेटमा सहकारीलाई बजेट विनियोजन गर्न कन्जुस्याइँ गरे पनि नीतिगत रुपमा सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको छ।

कृषि, भूमि तथा सहकारीमा ४० अर्ब १४ करोड

सरकारले नयाँ कार्यक्रम बिना नै आगामी पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७५-७६ को बजेट सार्वजनिक गर्दा कृषि उत्पादन वृद्धि गर्ने किसानलाई लक्षित कुनै विशेष कार्यक्रम ल्याउन सकेन ।विगतका बजेटमा झै यस वर्ष पनि कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र मूल्य शृखंला विस्तारमा जोड दिए पनि कृषि क्षेत्रको बजेट भने कटौती भएको छ ।

समृद्धि, समावेशिता र सहकारी

संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूबाट स्थापित संगठन सहकारी हो । आर्थिक व्यवसाय र उद्यमहरू व्यक्तिगत, कम्पनीका रूपमा र सामूहिक हितका लागि गर्न सकिन्छ ।

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

गाउँ–गाउँमा करोडौंका सहकारी

सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मझुवा विकट वडाको रुपमा गणना हुँन्छ त्यही वडामा एउटा महिला सहकारी छ।

हरिवन सहकारी आफ्नै भवनमा

जिल्लास्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। हरिवन नगरपालिका–८, चापिनीस्थित नवनिर्मित भवनको मेयर गणेश प्रसाईंले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।

२ सय ४० सहकारी स्थानीय तहलाई

जिल्लाका २ सय ४० सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। डिभिजन सहकारी कार्यालय अन्तर्गत रहेका बाँकी ४८ सहकारी भने प्रदेश तहमा हस्तान्तरण गरिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्