८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आइजिआई–भरपर्दो कृषक सम्झौता

आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ।

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ। २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो।

ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो। प्रधानन्याधीश चाेलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीकाे संयक्त इजलासबाट बस्नेत जेलमुक्त भएका हुन्।

महासंघको ११ लाख सहयोग

राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । महासंघ अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो ।

खुलापनले सुखमय दाम्पत्य

नागार्जुन नगरपालिका–९ स्युचाटारका हरिकुमार सिलवाल र बिजु पाण्डे सिलवालको जोडीमा भएको खुलापनले उनीहरुलाई खुशी मात्र बनाएको छैन सुखमय दामत्य जीवन जिउने कला पनि सिकाएको छ। हरि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का निवर्तमान अध्यक्ष हुन् भने विनु इनोभेटिभ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष।

श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी

पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ। ६२ औं सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारीमध्ये यसलाई उत्कृष्ट घोषणा गरिएको हो।

ओलीको प्रश्नः विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिले समस्याको रुपमा रहेको खेतीको खण्डिकरणलाई रोक्नुपर्छ। चक्ला खेती सुरु गर्नु पर्दछ’, उनले भने, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नु पर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’

सोसाइटल सहकारी समस्याग्रस्त

सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो।

कित्ताकाटका नाममा अझै 'लेनदेन र बार्गेनिङ'

मन्त्रालयले जारी गरेको निर्देशिकाको ५ नम्बर बुँदामा प्रत्येक स्थानीय तहले कृषि, वन, नापी, जग्गा प्रशासन र सहरी विकाससम्बन्धी पाँच सदस्यीय प्राविधिक समिति गठन गर्ने र सो समितिको सिफारिसमा स्थानीय तहबाट ‘खेतीयोग्य जग्गा होइन’ भन्ने सिफरिस गरिएको जग्गामा कित्ताकाट गर्न सकिने उल्लेख छ।

निक्षेप फिर्ता गर्न ओरियन्टल पीडितको माग

ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित बनेका निक्षेपकर्ताले आफूहरुको रकम तत्काल फिर्ताको वातावरण मिलाइदिन सकारसँग आग्रह गरेका छन्। सरकारले ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’बनाएर काम गरे पनि १४ महिनासम्म पनि कुनै प्रगति नभएको भन्दै रकम फिर्ता गर्न माग गरेका छन्।

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।

चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न माग

केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

फाइनान्स र सहकारी एकै होइनन्

फाइनान्स कम्पनी र वचत तथा ऋण सहकारीको मुख्यकार्य निक्षेप संकलन र कर्जा प्रवाह गर्ने रहेकाले आम मानिसहरुले यी दुवै संस्थाहरुलाई एकै तवरले बुझ्ने गरेको पाइएको छ । यसका अतिरिक्त यी दुवै संस्थालाई समानान्तर रुपमा अथ्र्याइएको पाइन्छ । यसै सन्दर्भमा केही प्रसंगहरु यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ ।

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्ने बताएकी छन्। मन्त्री अर्यालले सहकारीको पुँजी परिचालन महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन्।

मन्त्रालय तानिए साझाका शर्मा

साझा प्रकाशनका विवादित महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा तानिएका छन्। फागुन १९ मा बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई अर्काे निर्णय नभएसम्मका लागि मन्त्रालयमा तान्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको बैठकले प्रकाशनको महाप्रबन्धकमा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई नियुक्त गरेको छ। शर्मालाई मन्त्रालयमा काज सरुवा गरेसँगै पगेनीलाई फागुन २१ मा साझाको महाप्रबन्धकमा नियुक्त गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्