रोजगारी सिर्जनाका लागि श्रममन्त्रीको अग्रसरता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन्।
संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।
विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा दोस्रो नम्बरमा पर्ने दक्षिण एसियाली देश भारतमा बेरोजगारीको अवस्था कति दयनीय छ भनेर एउटा विज्ञापनमा परेको आवेदनले देखाएको छ ।
खानेपानीमन्त्री विना मगरले वर्तमान सरकारले जनताले आफूप्रति राखेका आशा र अपेक्षा पूरा गर्ने बताएकी छन्। मौलापुर नगरपालिकालाई रौतहटको पहिलो खुला दिसामुक्त नगरपालिका घोषणा गर्न पुगेकी मन्त्री मगरले समतामुलक तथा समृद्ध नेपाल निर्माण गर्ने अपेक्षासहित जनताले वाम गठबन्धनलाई झन्डै दुई तिहाइ मत दिएको र त्यो आशा मर्न नदिने बताइन्।
मुलुकको अग्रणी व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनले अटोमोबाइल्स, स्टिल, खाद्यान्न, इलेक्ट्रोनिक्सलगायत विभिन्न ट्रेडिङ तथा सेवामूलक क्षेत्रमा व्यापार गर्दै आएको छ। अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका २४ वर्षीय अभिमन्यु गोल्छा अर्गनाइजेसनका निर्देशक हुन्।
अर्को मुलुकमा गएर हेर्यो पूर्वाधार पर्याप्त छ, सुशासन छ, शान्तिसुरक्षा छ अनि मुलुकमा फर्केर हेर्दा निराशाजनक अवस्था देखापर्छ । प्रत्येक पटकको सरकारले प्राविधिक शिक्षा, सीप विकासका कुरा गर्छन् । तर कार्यान्वयन कता हो कता टाढाको विषय बन्छ । यस्तै नयाँ निर्णय भएको छ । सरकारले सीप नसिकेका नेपालीलाई विदेशमा रोजगारीका लागि अनुमति नदिने नीति अवलम्बन गर्ने बताएको छ ।
गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो थिएन।
विभागले जनाएको छ । गत वर्ष ६२ हजार सात सय ७६ ले गन्तव्य बनाएको कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।
वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच छ भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस् । विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईंको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ ।
कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारको लागि गतिलो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ।
विदेश पस्ने व्यक्तिप्रतिको आमधारणा हो– रोजगारीको खोजी । स्वदेशमा अवसर पाइएन भन्दै अहिलेसम्म जति युवायुवती विदेश पसे, तीमध्ये अधिकांशको प्राथमिकता रोजगारी नै पर्ने गरेकाले आमबुझाइ त्यस्तै रहँदै आएको पाइन्छ ।
वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप अनिवार्य गर्ने प्रस्ताव अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । बोर्डले गरेको प्रस्तावमा मन्त्रालयले स्वीकृति जनाउने बित्तिकै कार्यान्वयन हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिए । काठमाडौंमा मात्र सार्वजनिक रूपमा आधा दर्जन बढी सरकारी, गैरसरकारी निकायले कार्यक्रम गरे ।
पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको केयरगिभर संकटमा परेको छ । दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभरका लागि पछिल्लो समयमा इजरायलबाटै कामदारको माग आउन छोडेपछि संकटमा परेको हो ।