१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

सफल होला ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ?

देशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्ने उद्धेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम विगतका रोजगार कार्यक्रमजस्तै असफल हुने सम्भावना बढी छ।

५ वर्षमा गरिबी दर १३ प्रतिशतमा झारिने

सरकारले १५ औं योजनाको अन्त्यसम्म गरिबी १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। १७ प्रतिशत गरिबीलाई आव ०८०÷८१ सम्म चार प्रतिशतले घटाएर १३ प्रतिशतमा सीमित गर्ने गरी योजनाको खाका तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले जानकारी गराए।

रोजगार कार्यक्रमले तानेन युवा

चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्।

साढे दस महिनापछि खुल्यो मलेसिया

नेपाल र मलेसियाबीचको विवादका कारण साढे १० महिनादेखि रोकिएको मलेसिया रोजगारी सोमबारदेखि खुला हुने भएको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसा लिएका नेपालीलाई सोमबारदेखि श्रम स्वीकृति दिन श्रम कार्यालयलाई पत्राचार गरेपछि मलेसिया जाने बाटो खुलेको हो।

रोजगारका लागि दुबई पुगेका युवा अलपत्र

उनीहरूले आफूहरूको बसाई निकै कष्टपूर्ण रहेको भन्दै चाँडो स्वदेश फिर्ता गराउनुपर्ने माग गरेका छन्। अलपत्र परेका युवाको भनाइअनुसार अग्रिम ओभरसिजले दुबई उडाउनुभन्दा पहिले होटलमा वेटर पदका लागि खाना र बस्ने सुविधासहित मासिक २२ सयदेखि २५ सय दिराम तलब हुने बताएका थिए।

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

रोजगारी खोस्दै डोजर

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको थियो। वर्षाका कारण ठाउँठाउँमा भत्किएको सडक मर्मतका लागि गाउँपालिकाले बजेट विनियोजन गरेपछि गाउँमै रोजगारी पाउने आशमा स्थानीय थिए।

मलेसिया खुलाउन पहल गरिरहेको छु, श्रमिकको हितमा काम गर्छु : राजदूत पाण्डे

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाली कामदारको हितमा काम गर्ने बताएका छन्। लामो समय राजदूत विहिन बनेको नेपाली दूतावास मलेसियाको जिम्मेवारी सम्हाल्न पुगेका राजदूत पाण्डेलाई स्वागत गर्न गएका जनसम्पर्क समिति मलेसियाका पदाधिकारी सँग राजदूत पाण्डेले मलेसियामा कार्यरत विभिन्न संघ-संस्था सँग सहकार्य गर्दै काम गर्ने बताए।

वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो।

सुखद समझदारी

सरकारले ६ महिनाबीचमा दुईवटा महत्वपूर्ण मुलुक मलेसिया र जापानमा नेपाली युवालाई रोजगारीका रूपमा पठाउन सक्ने गरी समझदारी गरेको छ। गत कात्तिक १२ मा नेपाली युवाको पहिलो गन्तव्य मानिएको मलेसियासँग श्रम समझदारी गरेको सरकारले चैत ११ मा अर्को आकर्षक मुलुक जापानसँग नेपाली श्रमिक पठाउने गरी समझदारी गरेको हो।

पुष्प खेतीलाई प्रोत्साहित गर्छौं : कृषि राज्यमन्त्री

फूलको बजार प्रवर्द्धन गर्नका लागि शुक्रबारदेखि राजधानीमा तीनदिने २२ औं फ्लोरा एक्स्पो सुरु भएको छ। उक्त एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमार चौधरी (रोजिना)ले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गरेकाले प्रोत्साहित गर्नुपर्ने बताइन्।

अर्काको नाममा परीक्षा दिने गिरोह सक्रिय

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि इलामका पूर्ण लिम्बू रोजगारीका लागि कोरिया जान पाइनेमा लगभग ढुक्क जस्तै थिए। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान सन् २०१८ मा लिइएको भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि उनी सबैतिर भाषा परीक्षा उत्तीर्ण गरेको बताउँदै हिँड्थे पनि।

वैदेशिक रोजगारीको पीडा

रोजगारीका लागि बिदेसिने महिलाको संख्या पछिल्लो समय जे–जसरी बढ्दै गएको छ, त्यससँगै दुःख र वेदनाका कथाहरू पनि त्यसरी नै थपिँदै गएका देखिन्छन्। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै पनि कतिपय महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ। वैदेशिक रोजगारीलाई रोज्नु महिलाहरूको रहर नभएर बाध्यता हुने गरेको छ। आफ्नो आर्थिक स्थिति सुधारका लागि भन्दै महिलाहरू बाध्यताले विदेश त जान्छन् तर त्यहाँ आफूमाथि शोषण भइरहेको चाल पाएपछि भने ‘तावाको माछो भुंग्रोमा’ परेजस्तै गरी छटपटाउन विवश हुन्छन्।

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

फिरफिरेदेखि ‘वाइडबडी’ को ककपिटसम्म

प्लेन चढ्न लाइन लागेका श्रमिक देख्दा उनी भावविह्लल बन्छन्। झन् कुनै बेला आफ्नै साथीलाई पनि त्यही लाइनमा देखे भने उनको भावुकता दोब्बर हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्