४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गठबन्धनमा एमसिसी अल्झनः सहमति नहुँदा संसद् स्थगित

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्यव्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश भएको थियो।

सिँहदरबार प्रवेशमा कडाइ, सबै प्रकारका पास खारेज

यसैगरी सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएका पासले नै काम चल्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

सिंहदरबारभित्र गोली चल्याे!

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

सिंहदरबार जाने बाटो

महामारी फैलाउने काममा माओवादीलाई काँध थापेर कांग्रेसले सही गर्‍यो कि गलत? यसको उत्तर दिनुपर्दा कांग्रेसजनहरू लज्जित हुने गर्छन्।

यस्तो बन्यो भूकम्पले भत्किएको सिंहदरबार

भूकम्पको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारस्थित मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी, उत्तर तथा दक्षिणी मोहडासहितको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार गरेको छ। यही फागुन ३ गते एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरिसकेका छन्।

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।

‘जोखिम’मा सिंहदरबारका कर्मचारी, धमाधम कोरोना परीक्षण

‘सिंहदरबारमा दैनिक सेवाग्राहीसित कर्मचारीको सम्पर्क भइरहने भएकाले उनीहरू जोखिम समूहमा परेका हुन् ।’

सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ ।

संकटमा सँगसँगै ‘गाउँका सिंहदरबार’

कर्णालीले हिजो केन्द्र (काठमाडौं सिंहदरबार)बाट जे–जस्ता सेवा–सुविधा पाउँदै आएको थियो, त्यो अपर्याप्त थियो। आज पनि काठमाडौंदेखि कर्णाली धेरै टाढा छ।

उठिबास कि व्यवस्थापन ?

मुलुक संघीयतामा गएपछि अधिकार जति गाउँ पठाइयो भन्छन् नेताहरू। अर्को अर्थमा भन्दा सिंहदरबार गाउँ गाउँ छि-यो पनि भन्छन्। यसको मतलव अब जनताले आफ्ना समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्दैन भन्ने नै हो। आफैँले चुनेका जनप्रतिनिधिले आफ्नै वडा वा पालिकामा बसेर जनसमस्या समाधान गर्ने प्रक्रियालाई सिंहदरबार गाउँ पुगेकोसँग जोडेर अथ्र्याइँदै आएको छ। यो धेरै हदसम्म खुसीको कुरा पनि हो।

भाडाका घरमा ‘गाउँका सिंहदरबार’

ताप्लेजुङका स्थानीय तहका कार्यालय अझै भाडाका घरबाट सञ्चालन भइरहेका छन्। भाडाको घरमा बसेकै कारण राज्य कोषको मोटो रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। स्थानीय तह गठन भएको करिब तीन वर्ष भइसक्दासमेत यहाँका सबै स्थानीय तहका कार्यालय भाडाकै घरमा सञ्चालन भइरहेका छन्।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्