११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकार र मोर्चाको बैठक बालुवाटारमा सुरु

मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्।

संशोधन प्रस्तावबारे छलफल गर्न मोर्चाका नेता बालुवाटारमा

स्थानीय निर्वाचनको विरोध गर्दै आएका मधेसी मोर्चाका नेताहरु छलफलको लागि अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा दुई दलका शीर्ष नेताहरुको उपस्थिति छ।

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। यसअघि सहमति हुन नसकेको निर्वाचन मिति घोषणा, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मोर्चालाई फकाउँदै प्रधानमन्त्री, बालुवाटारमा बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको मधेसी मोर्चालाई फकाउन थालेका छन्। मोर्चा सहमत नहुँदा प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्न सकिरहेका छैनन्। मोर्चाले चुनावमा जान एकपछि अर्को सर्त राख्दै आएको छ।

सेमिफाइनल पुग्यो बालुवाटार

मञ्जित श्रेष्ठको अर्धशतकप्रेरित सुरक्षा क्रिकेट क्लबले बिहीबार नेपाल क्रिकेट स्कुललाई ४० रनले पराजित गर्दै खुकुरी च्यालेन्जर्स कप क्रिकेटको अन्तिम ४ मा स्थान बनाएको छ। मञ्जितले ३२ बलमा ४ छक्का र ३ चौकासहित ५७ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको सुरक्षा क्रिकेटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो।

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा त्रिपक्षीय बैठक बालुवाटारमा जारी छ। स्थानीय तह पुन: संरचना अायाेगकाे प्रतिवेदन, निर्वाचनकाे मिति घाेषणा, र संविधान संशाेधन प्रस्ताव परिमार्जनका विषयका छलफल केन्द्रित रहेकाे एक नेताले जनाए।। बैठकमा नेपाली कांग्रेस, माअाेवादी केन्द्र र संघीय गठबन्धनका शीर्ष नेताकाे उपस्थिति रहेकाे छ।

बालुवाटारमा शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल

संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन, महाअभियोगको विषय तथा, पुर्नसंरचना आयोगका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सबै विषयमा प्याकेजमा सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए।

बालुवाटार पुगेर वैद्यले दिए दाहाललाई जन्मदिनको शुभकामना

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन्। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिएका हुन्।

युवा विद्यार्थीद्वारा बालुवाटार घेराउ

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका थिए।

डा. केसीको समर्थनमा डाक्टरहरुले बालुवाटार घेरे

विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य विग्रिँदैग गएपछि विभिन्न संघसंस्थामा आबद्ध डाक्टरहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। उनीहरुले डा. केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने र उनको जीवनको रक्षा गर्नु मागसहित विरोध प्रदर्शन गरेका हुन्।

प्रमुख तीन दलकाे बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे अाह्वानमा बैठक बसेकाे हाे। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षकाे सहभागिता रहेकाे छ। बैठकमा संविधान संशोधन तथा आगामी चैतमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा अस्थायी शिक्षकको धर्ना

आठौँ संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

बालुवाटारको क्याबिनेट हलमा कांग्रेस-एमाले भनाभन

मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो– क्याबिनेट हल।

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

गंगामाया अधिकारीलाई न्याय दिलाउन बालुवाटारमा धर्ना दिइरहेका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गंगामाया बचाउ अभियानअन्तर्गत धर्ना दिन पुगेका अधिकारकर्मी चरण प्रसाईँलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्