काठमाडौं- मधेसी मोर्चामा आबद्ध छ दलले पार्टी एकीकरण गरेको भोलिपल्टै सरकारले डाकेको वार्तामा सहभागी हुन बालुवाटार पुगेका छन्।
सत्ता साझेदार दल माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेता सम्मिलित बैठकमा एकीकृत नयाँ पार्टी राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीका नेताहरु सहभागी छन्।
बैठक स्थानीय तहको निर्वाचन केन्द्रीत हुने बताइएको छ। निर्वाचनमा मोर्चालाई सहभागी गराउने र निर्वाचन एकैपटक गर्ने वा दुई चरणमा गर्नेबारे छलफल हुने सहभागी नेताहरुले बताएका छन्।
प्रकाशित: ८ वैशाख २०७४ ०४:०२ शुक्रबार