२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चौध बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको भेला

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ।

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’ :मोन्टी देसाई

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए।

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले संखुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्।

सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्नु कानुन विपरीत: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गरेर समर्थन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको विपरीत रहेको बताएका छन्।

मदर मुनको आत्मवृत्तान्त नेपालीमा

प्रसिद्ध शान्तिवादी नेत्री डा. हाक जा हान मुन (मदर मुन) को आत्मवृत्तान्त ‘शान्ति प्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ। कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरी प्रकाशित गर्ने क्रममा सोमबार छाया सेन्टरको अलफ्ट होटेलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।

सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

प्रफुल र रसिलालाई उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले आइतबार राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

विश्वकप छनोट: प्रारम्भिक फुटबल टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले विश्वकप छनोट २०२६ का लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित

वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित भएका छन्। काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हलमा आज आयोजित एक कार्यक्रमबीच समसामयिक नेपाली मूर्तिकार समूह ‘आरम्भ’ले उनलाई अभिनन्दन गरेको हो।

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण

नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन। यही जुन २९ तारिखका दिन बिहान ९ बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन।

राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्